एकल विद्यालय फाउण्डेशन अफ नेपालको आयोजनामा ‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंका विभिन्न स्कुलमा अध्ययनरत १५ सय विद्यार्थीले उक्त दौड प्रतियोगितामा भाग लिएका थिए । एकल विद्यालय फाउण्डेशन स्थापनाको २५ वर्ष पुगेको अवसरमा आयोजित उक्त दौड प्रतियोगितामा पुरुष महिला गरी दुई समूह सहभागि बनेका थिए । ५ किलोमिटर लामो दौड प्रतियोगितामा महिला तर्फ डिएभि स्कुलकी गीता महर्जन प्रथम बनेकी छन् । त्यस्तै रेडन स्कुलकी सुमिना खड्गी दोस्रो र डिएभिकै समिक्षा रिजाल तेस्रो बनेकी छन् । प्रथम बनेकी महर्जनले २६ मिनेट २ सेकेण्ड, दोस्रो बनेकी खड्गीले २६.२६ सेकेण्ड र तेस्रो बनेकी रिजालले २६ मिनेट ४३ सेकेण्ड समयको दुरीमा गन्तव्य भेटाएकी थिइन । त्यस्तै पुरुष तर्फ प्रथम, दोस्रो र तेस्रो स्थान क्रमशः एडिभिका विशाल आचार्य दीपेन लिम्बु, जगदीश थापाले कब्जा गरे। आचार्यले १८ मिनेट ४० सेकेण्ड, लिम्बुले १८ मिनेट ४५ सेकेण्ड, थापाले १९ मिनेट १९ सेकेण्ड समयमा गन्तव्यमा पुगेका थिए ।




