एसियन क्रिकेट काउन्सिल एसीसी ले सन २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने छ । नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरे भारत सहित ५ एसियाली टेष्ट राष्ट्रसँग खेल्न पाउने छ । एसीसीले फेबुअरीमा वेस्टर्न रिजन टि–२० छनोट आयोजना गर्नेछ । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरेबिया र युएई रहेका छन् । विजेता टोली अगष्टमा हुने एसिया टि २० क्वालिफायर खेल्न पाउने छ । मार्चमा थाईल्यान्डमा ईस्टर्न रिजन टि–२० प्रतियोगिता हुने छ । प्रतियोगितामा आयोजक थाईल्यान्ड सहित नेपाल, भुटान, चीन, मलेसिया, म्यानमार, हङकङ र सिंगापुर छन् । शीर्षस्थानमा रहने टोलीले अगष्टमा मलेसियामा हुने टि २० क्यालिफायरमा सहभागिता जनाउन पाउने छ । क्वालिफायरमा इस्टर्न र वेस्टन रिजनका विजेता सहित अन्य दुई टोली गरि कुल ४ टोलीबीच प्रतिस्पर्धा हुने छ । जसबाट विजेता टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छ । एसिया टि–२० एक क्वालिफायर भएर आएको टिमसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै आईसीसीको एक दिवसिय वरीयतामा एसियाको तर्फबाट टेष्ट राष्ट्र बाहेक अन्य शीर्ष ३ स्थानमा रहने टोलीले डिसेम्बरमा भारतमा हुने इमरर्जिङ एसिया कप खेल्न पाउने छन् । जुन ५० ओभरको हुने छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहित एसियाका आईसीसीको शीर्ष ३ वरीयतामा रहेका टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार