नेपाल भलिबल संघको आयोजनामा हुने पाँचौ एशियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा सहभागी हुन अफगानी टोली सोमबार काठमाण्डौ आईपुगेको छ । टोलीलाई नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के तथा संघका पदाधीकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अफगानी टोलीका प्रशिक्षक तथा कप्तानले टोलीको मुख्य लक्ष भनेको उपाधी हात पार्ने नै हो भन्दै प्राय सवै टोलीको खेल संग आफुहरु जानकार रहेको बताए । अफगानी टोलीले मंगलबार नेपाली टोली संग ३ : ०० बजे लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा तथा खेलकुद केन्द्रमा मैत्रीपुर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।




