जक्सन डटकम र १६ प्रोडक्सनको संयुक्त आयोजनामा आगामी भाद्र १० र ११ गते पोखरामा मिडिया कप फुटसल प्रतियोगीता हुने भएको छ । मिडियाकर्मीहरुका बिचमा आपसी भाईचारा अभिवृद्धिका साथै फुटसलको व्यावसायीक प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगीता आयोजना गरिएको आयोजक संस्था जकसन डटकममा अरुण गिरीले जानकारी दिनुभयो । गणेशटोल स्थित स्पोर्टस् क्यासलमा हुने उक्त प्रतियोगीतामा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरु, प्रस्तोता, सम्पादक, प्राविधिक र क्यामेराम्यानहरुले सहभागीता जनाउन पाउने छन् ।


प्रतियोगीतामा प्रथम हुने टिमलाई पुरस्कार स्वरुप नगद रु.३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्धितिय हुनेलाई नगद रु.२० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै प्रतियोगीतामा उत्कृष्ट खेलाडीलाई नगद रु.५ हजार, सर्वाधिक गोलकर्तालाई नगद रु.३ हजार, अनुसासित टिमलाई नगद रु.५ हजार प्रदान गरिने छ । करिब ३० वटा समुहहरुको सहभागीता रहने अनुमान गरिएको उक्त प्रतियोगीतामा सहभागीताका लागी नगद रु.५ हजार दर्ता शुल्क तोकिएको छ । कुनैपनि खेलाडी माथी आवाश्यक छानविनको माग गर्नु परे नगद रु.२ हजार ५ सय सहित निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार