सहारा एकेडेमीमा सिसि टि.भि. जडान गरिएको छ । सहारा क्लवले एकेडेमीको शान्ति सुरक्षाको लागि हालै ५ वटा सिसि टि.भि. जडान गरेको क्लवका अध्यक्ष केशबबहादुर थापाले बताए । क्लवले करिब ६० हजारको लागतमा उक्त सिसि टि.भि. जडान गरेको होे । क्लवद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २६ जना बालकहरु रहेका छन। यसैबिच, हेम्जा गुम्बाका प्रमुख अवतारी लामा दिप्सिंङ रिमपोछे शनिबार सहारा फुटबल एकेडेमी अवलोकन गरेकाछन्। उक्त एकेडेमी अवलोकन पश्चात प्रमुख अवतारी लामा रिमपोछे क्लवको पं्रशम्सा गर्दै आफ्नो तर्फबाट एकेडेमीमा केहि देखिने गरि सहयोग गर्ने वचन दिएकाछन्। उक्त अवसरमा प्रमुख अवतारी लामा रिमपोछेलाई क्लबका अध्यक्ष केशबबहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकाली, कार्यसमिति सदस्य गंगाराज पौडेल, तिलक बहादुर अधिकारी, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठ र आजिवन सदस्य सुर्दशन रञ्जित लगायले स्वागत गरेका थिए । क्लब पोखराको गतिविधि एवं एकेडेमीको बारेमा पूर्व अध्यक्ष विक्रम थकाली जानकारी गराइएको थियो । त्यसै गरी प्रमुख अवतारी लामा रिमपोछेले पोखरा सितापाइलामा रहेको पोखरा बृद्धाश्रम समेत अवलोकन गरेकाछन्। पोखरा बृद्धाश्रमका संस्थापक अध्यक्ष बसन्तकेशव पराजुलीले बृद्धाश्रमको बारेमा जानकारी गराउदै केही औषधि तथा मुल गेट भत्काएकोले गेट संरक्षण तत्काल आवश्यक भएको बताएका थिए । उक्त गेटको लगत स्टमेट प्रमुख अवतारी लामा रिमपोछे बृद्धाश्रमसमक्ष माग गरेको क्लवका पूर्व अध्यक्ष विक्रम थकालीले बताए । गेट मर्मतमा प्रमुख अवतारी लामा रिमपोछे चासो दिएको थकालीले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार