युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको सुशासन, बिकास र समृद्धि नै अहिलेको राष्ट्रिय लक्ष्य भएको उल्लेख गर्नुभएको छ । अन्तराष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा शनिबार ललितपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रयामा मन्त्री विश्वकर्माले शान्ति बिकास र समृद्धि अन्तराष्ट्रियस्तरको लक्ष्य भएपनि नेपालको अहिलेको लक्ष्य सुशासन, बिकास र समृद्धि नै भएको बताउनुभएको हो । उहाले राष्ट्रिय लक्ष्य पुरा गर्ने अभिभाराका साथ सरकारले आफ्नो काम गरिरहेको पनि बताउनुभयो । बिकास र समृद्धिको मेरुदण्डका रुपमा रहेका युवाहरुका लागी युवा लक्षित कार्यक्रम नल्यासम्म राष्ट्रिय लक्ष्य हासिल गर्न नसकिने उहाको भनाई छ । मन्त्री विश्वकर्माले सरकारले यो आर्थिक बर्षलाई युवा परिचालन बर्षको रुपमा दिएको भन्दै नेपाली युवाहरुको कतव्र्य र भूमिकाबारेमा स्पष्ट हुनेबेला आएको बताउनुभयो । अन्य बर्षहरु झै यस बर्ष पनि आगामी सोमबार अर्थात अगस्त १२ को दिन अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइदैछ ।




