प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने भएको छ । इबोलाविरुद्धको अभियानमा समन्वय गरीरहेको सरकारी टोलीले हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान भएकाले पूर्णरुपमा नियन्त्रण गर्न तीन वर्ष लाग्ने जनाएको हो । समन्वय समितिका जो ज्याक्स मुएम्बीले इबोलाको महामारी नियन्त्रण गर्न गम्भीर चुनौतीहरु देखिएको बताए । उनले इबोला महामारी नियन्त्रणका लागि अहिले गरिएको भन्दा थप प्रयासको खाँचो रहेको स्पष्ट पारे । अहिले पहिचान भएको जति नै इबोलाको संक्रमण पहिचान भन्दा बाहिर रहेको हुन सक्ने र त्यसले समस्या विकराल बन्ने उनको चेतावनी छ । रुवान्डासँग सीमा जोडिएको गोमा शहरमा पनि इबोलाको संक्रमण फैलिएपछि चिन्ता थपिएको छ ।इबोलाका कारण कंगोमा १ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार