१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७५ बाट एक लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको छ । गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा संचालन भएको सो प्रतियोगिताबाट उक्त रकम बचत भएको शनिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रममा सहारा क्लब पोखराले जनाएको हो । उक्त बचत रकम अघिल्लो बर्ष भन्दा करिब ९४ प्रतिशतले कम बचत भएको हो । अघिल्लो बर्ष १६ औं आहा रारा गोल्ड कपमा कूल २३ लाख ७६ हजार ९७ रुपैंया बचत भएको थियो । १५ औं संस्करणबाट २७ लाख बढि बचत भएको थियो । आय व्यय प्रस्तुत गर्दै क्लवका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह संयोजक राजु लालचनले १७ औं आहा रारा गोल्ड कपबाट ७० लाख ७८ हजार ७ सय ८६ रुपैया आम्दानी भएको बताए । प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार ४ सय ६० रुपैया खर्च भएको क्लवले जनाएको छ । गेट टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैया आम्दानी भएको छ भने व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार ४ सय ५० रुपैया आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए । मुख्य प्रायोजक हिमश्री फुड्स प्रा लि को उत्पादन आहा रारा तयारी चाउचाउबाट १३ लाख ५१ हजार रुपैया आम्दानी भएको छ । राखेप र गोर्खा ब्रु अरी नेपालबाट ४÷४ लाख, हिमांश एजुकेशन कन्सल्टेन्सीबाट ४ लाख एक हजार आम्दानी भएको थियो । त्यसै गरी खेलाडीहरुको दैनिक भ्रमणमा २३ लाख १३ हजार ६ सय ४१ रुपैया खर्च भएको छ भने पुरस्कार एवं प्रोत्साहन स्वरुप शिर्शमा १३ लाख २२ हजार, प्रचार प्रसारमा ४ लाख ९७ हजार २ सय ५७ रुपैया खर्च भएको थियो । त्यसै गरी रेफ्रि खर्चमा २ लाख ७८ हजार ८ सय १० रुपैया, मैदान, स्टेज, प्यारापिट व्यबस्थापन र अतिथि सत्कारमा ८ लाख ७७ हजार ४ सय २७ रुपैया खर्च भएको कोषाध्यक्ष लालचनले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार