कोपा अमेरिका २०१९ दौरान प्रतियोगिताबारे नकारात्मक टिप्पणी गरेका कारण अर्जे्न्टिनाका कप्तान लिओनेल मेस्सीलाई तीन महिना प्रतिबन्ध लाग्ने भएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्रा्ष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो ।बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका ३२ वर्षीय मेस्सी कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा चिलीविरुद्ध रातो कार्ड खाँदै बाहिरिएका थिए । यसक्रममा उनले खेल सकिएपछि रेफ्रीको निर्णयको विरोध गर्दै ‘प्रतियोगिता ब्राजिलले जित्न मिलेमतो भएको’ भन्ने अभिव्यक्ति दिएका थिए । दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई ५० हजार अमेरिकी डलर जरिवानासहित ३ महिना प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार