गण्डकी प्रादेशिक क्रिकेट संघको बिशेष साधारण सभाबाट देवेन्द्र प्रजुको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । कास्की जिल्ला क्रिकेट संघको पहलमा शुक्रबार पोखराको एक होटलमा भएको बिशेष साधारण सभाले कास्कीका प्रजुको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको हो । उपाध्यक्षमा स्याङजाका दीपक पोख्रेल (दिपानु), सचिवमा तनहुँका सुमनराज कार्की, कोषाध्यक्षमा नवलपुरका प्रकाश पौडेल र सदस्यहरुमा स्याङजाका दीवाकर थापा, तनहुँका अर्जुन कुमार श्रेष्ठ, कास्कीका विमलमान गुभाजु, नवलपुरका ईन्द्र सिग्देल, कास्कीका ऋषीराम गौतम, कास्कीका संञ्यकान्त सिग्देल, नवलपुरका सुमन पण्डित, तनहूँका अतिश कुमार खड्का, स्याङजाका अर्जुन कुमार थापा रहेकाछन्। प्रादेशीक संघ गठन भए पनि कास्की सहित स्याङजा,तनुहँु र नवलपुरका प्रतिनिधिहरु अधिबेशनमा सहभागि भएका थिए । शोनेय तिवारीले सदस्य पदको उमेदवारबाट नाम फिर्ता लिएसंगै सर्वसम्वत रुपमा निर्वाचन सम्पन्न भएको स्वतन्त्र टोलीका अधिवक्ता राजेश्वर श्रेष्ठले बताए । डडेलधुराबाट सुरु भएको संघको अधिवेसनको अभियान गण्डकी प्रदेशमा दोश्रो पटक भएको हो ।




