नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको आयोजनामा आगामी भाद्र १४ गते पोखरामा प्रथम नेपाल फुलकन्ट्याक्ट प्रेसिडेण्ट कप ग्राण्ड च्याम्पियनसिप हुने भएको छ । प्रतियोगीतामा पुरुष तथा महिला खुल्ला तौल समुहमा नेपाल फुलकन्ट्क्ट कराँते महासंघमा आवद्ध सवै संघका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । महासंघका अध्यक्ष दमन बस्नेतका अनुसार संघका अहिले १५ वटा संघहरु आवद्ध रहेका छन् । प्रतियोगीतामा ति संघमा आवद्ध ३२ पुरुष र ३२ महिला खेलाडीहरुले सहभागीता जनाउने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । च्याम्पियनसिपमा प्रथम हुने खेलाडीलाई नगद १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।


यस्तै दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुने खेलाडीलाई नगद रु.२५ हजार प्रदान गरिने महासंघले जनाएको छ । कराँते खेलको पहिचान, खेल प्रतिको अर्कषण र खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । यसले पोखराको खेल पर्यटनको विकासमा समेत योगदान गर्ने विश्वास लिईएको छ । प्रतियोगीता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सन १९६४ ताका जापानबाट सुरु गरिएको कराँतेलाई खेल अधिकारीहरुले खाली हात युद्ध गर्ने कलाका रुपमा विस्लेषण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार