नेपाल तेक्वान्दो संघले दोलखाको शैलुङ्ग क्षेत्रमा उच्च उचाई तेक्वान्दो तालिम केन्द्रको स्थापना गर्ने भएको छ । संघले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । संघले उक्त तालिम केन्द्र आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै खेल प्रशिक्षक तथा प्राविधिकहरुलाई उच्च उचाई प्रशिक्षणबारे तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने , विदेशी खेलाडीहरुलाई समेत आकर्षित गर्ने गरी कार्यक्रमहरु आयोजन ागर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सेमिनार तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने संघका महासचिव दीपराज गुरुङले जानकारी दिनुभयो । उच्च उचाई तालिम केन्द्र निर्माणका लागि करिब २ हजार ८ सय मिटर देखि ३ हजार मिटर उचाईमा करिब ५ रोपनी जग्गा आवश्यक रहेकोले आवश्यक जग्गा शैलुङ्ग गाउपालिकाले उपलब्ध गराउने संघले जनाएको छ । त्यस्तै परियाजना निर्माणका लागि नेपाल सरकार, तेक्वान्दो संघ तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाबाट आर्थिक सहयोग जुटाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार