नेपाल क्योकुसिन बुदोकाई कराँते संघ कास्कीको आयोजनामा आगामी भाद्र १३ र १४ गते पोखरामा दोस्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगीता हुने भएको छ । नेपाली नारीहरुको पवित्र पर्व हरितालिका तिजको अवसरमा आयोजित उक्त प्रतियोगीतामा नेपाल क्योकुसिन बुदोकाई कराँते संघका आवद्ध खेलाडीहरुले मात्र भाग लिन पाउने पंतियोगीताका संयोजक दिकप गोदारले जानकारी दिनुभयो । प्रतियोगीता पुरुष तर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी र ५५ देखी ६० केजी मुनि तौल समुह, खुल्ला तौल समुहका खेलाडीहरु बिच प्रतिष्पर्धा हुनेछ भने महिला तर्फ ४० केजी, ४५ केजी मुनी तौल समुह र खुल्ला तौल समुहको प्रतिष्पर्धा हुनेछ ।


संयोजक गोदारका अनुसार प्रत्येक तौल समुहको पहिलो, दोस्रो र तेस्रो हुनेलाई शिल्ड मेडल र प्रमाण पत्रले सम्मान गरिनेछ । यस्तै महिला र पुरुष तर्फ एक एक जनालाई उत्कृष्ट खेलाडी घोषाणा गरिनेछ । उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको गोदरले जानकारी दिनुभयो । प्रतियोगीतामा कास्की, पर्वत, बाग्लुुङ्, म्याग्दी, तनहुँ, स्याङ्जा, गोर्खा लगायतका खेलाडीहरुको सहभागीता रहनेछ । प्रतियोगीता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगीताले स्थानिय स्तरबाट खेलाडी उत्पादनमा सहयोग गर्ने अपेक्षा गरिएको अध्यक्ष बेल बहादुर थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार