इन्डो–नेपाल भलिबल इन्टरनेशनल च्यामपियनसीप–२०१९ पोखरा–१८, सराङ्गकोट भकुण्डेस्थित शान्त भलिबल ट्रेनिङ्ग सेन्टर सम्पन्न भएको छ । भलिबल प्रतियोगिता कार्यक्रम समापनका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् का सदस्य राजेश गुरुङले नेपाल र भारत बीचको भलिबल प्रतियोगिताले छिमेकी देश बीचको सम्बन्धलाई झनै नजिक बनाएको बताउनुभयो । प्रमुख अतिथि सदस्य गुरुङले शान्त भलिबल ट्रेनिङ्ग सेन्टरले भलिबलका नयाँ प्रतिभालाई अवसर, सीप र क्षमता बृद्धिमा सहयोग गरेको बताउँदै लुकेर रहेका भलिबलका प्रतिभाशाली खेलाडीलाई फिल्डमा ल्याई बलिभल खेलमार्फत राष्ट्रलाई चिनाउँने काम गरेको बताउँनु भयो । नेपाल र भारत बीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा भारतका तर्फबाट १७ खेलाडी र ३ जना अफिसियलसहित राजस्थान र पंजाबबाट सहभागिताका थियो भने भने २० खेलाडी पोखरा–१८ शान्त भलिबल टे«निङ्ग सेन्टरबाट सहभागी थिए ।


उक्त भारत र नेपाल बीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडी मनोज सुनार बन्न सफल हुनुभयो भने भारतका उत्कृष्ट खेलाडी भिपिन बडा बन्नु भयो । दुबै देशबीच निकै प्रतिस्पर्धा भएको प्रतियोगिताका संयोजक दिनेश चौधरीले बताउनु भयो । भारतकातर्फबाट भारतीय डारेक्टर भलिबल महासंघका प्रमुख विक्रम सिंह भिरले नेपाल र भारत बीचको प्रतियोगिताले दुई देश बीचको सम्बन्ध गाढा भएको बताउँनु भयो । दुवै देशका खेलाडीले राम्रो प्रदर्शन गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिता नेपालले आयोजना गर्दा सहभागिता जनाउने समेत बताउनु भयो । प्रतियोगितामा नेपाल भलिबल संघका उपाध्यक्ष यमबहादुर गुरुङ, पश्मिाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, सहायक ईन्चार्ज कृष्ण तिमिल्सिना, कास्की जिल्ला खेलकूद विकास समितिका प्रमुख प्रकाश बरालले शुभकामना दिनु भएको थियो भने भारतका तर्फबाट भारतीय डारेक्टर भलिबल महासंघका अध्यक्ष विपिन कुमारले खेल निकै रमाईलो र प्रतिस्पर्धामुलक भएको संकेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार