टी—२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेटको सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालका लागी एक जित मात्र आवाश्यक छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा पारस खड्काले ४२ बलमा ११ चौका र एक छक्काको मद्धतमा ६८ रन बनाए । शरद भेषावकरले नटआउट ३८ रन जोडे । बलिङतर्फ कुवेतका कप्तान मोहम्मद शासिफले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३—३ विकेट लिए भने करण केसीले एक विकेट झारेका थिए । अव नेपालले भोली सिंगापुरसंग खेल्नेछ ।




