राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिब रमेश कुमार शिलवालले तोकिएको मितिमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोेजना गर्न नसके राजिनामा दिने उद्घोष गरेकाछन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोेखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै सदस्य सचिव शिलवालले तोकिएको मितिमा साग र ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नू आफ्नो ठुलो चुनौतीको रुपमा रहेको उल्लेख गर्दै उक्त प्रतियोगिता तोकिएको मितिमा गर्न नसके आफ्नो पदबाट राजिनामा दिने उद्घोष गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सदस्य सचिवमा नियुक्तिको प्रस्ताव गरेसंगै उहाँको इच्छा र चहाना अनुसार जस्तो सुकै चुनौतीको सामना गर्न आफु तयार भएको जनाउदै साग खेल सम्पन्न गर्नु पहिलो काम हुने उनले जनाए । उनले भने “ जे कामको निम्ति आएको हुँ त्यो गर्न नसके, म मेरो पदमा बस्नुको कुनै अर्थ हुदैन, मेरो हनुमुन पिरियडमा धेरै काम गरेर देखाउनु पर्छ, मलाई पूर्ण रुपमा खेलकुदमा सहयोग प्राप्त छ, साग सम्पन्न गर्न चुनौती पूर्ण छ र जिम्मेवार अनि दाहित्व छ यी सवैलाई सन्तुल मिलायर अघि बढाउछु ।” आफुले चाहेर मात्र राखेपको सदस्य सचिवमा नियुक्त नभएको उनले जनाए । १३ औं साग डिसेम्बर १ देखि ९ तारिखसम्म नेपालमा हुने उक्त प्रतियोगिताको लागि छोटो समयमा गर्न आफुलाई धेरै चुनौंती भए पनि त्यसको सामना गर्न आफु सक्षम रहेको उनले दाबी गरे । उनले भने “ हामीसंग समय धेरै छैन, मलाई दुई वटा चुनौंती छन्, एउटा भौतिक संरचना निर्माण गर्न जुन आधारभुत कुरा हो र अर्को भनेको खेलाडीहरुको तयारीको चुनौती रहेको छ । ”


मैदान बिना र खेलाडीहरुलाई समयमै प्रशिषण गर्न नसके नतिजा हाम्रो पक्षमा नआउने हुदा त्यस तर्फ आफु गम्भिर भएको राखेप सदस्य सचिव शिलवालले बताए । उनले भने “ म नियुक्ति भए देखि यसमा लागेको छु, म प्रायः सुतेकै छैन, हरेक दिन हरेक छिन, सवै क्षेत्रमा गएर काम गरेको छु, अर्को चुनौती पनि छ मलाई धेरै रिवन काट्न नपठाइदिनुहोस भन्ने हो, एक दिन पोखरा बसाईमा पनि समयको सदुपयोग गरेको छु । ” पैसाको कारणले कुनै पनि साग र राष्ट्रिय खेलकुदको भौतिक संरचना निर्माणमा कुनै असर नपर्ने उनले दाबी गरे । यस बिषयमा उनले भने “ प्रधानमन्त्रीले मलाई चार महिला भित्र साग गर्नुपर्छ भन्ने निर्देशन दिनु भएकोले त्यस अनुरुप म लागेको छु, प्रधानमन्त्रीले मलाई बजेटको चिन्क्ता नलिनुहोस बजेट निकासा नभए म काहाँ सिधै आउनुहोस म निकासा गरिदिन्छु भन्नु भएको छ, अब हामीले कुनै बाहनाले साग नेपालमा तोकिएकै मितिमा गर्नैपर्छ, यसको पहिला र्नै मिति सरि सकेको छ । ” पोखरा स्टुडिएम निर्माणको क्रममा रहेकोले उक्त फुटवल मैदान आर्टिफिसीयल भन्दा प्राकृतिक सौन्दर्यता कायम हुने गरी निर्माण हुनु पर्र्ने उनको जोड थियो । उनले भने “प्राकृतिक रुपमा दुवो हुने स्थानमा हामीलाई किन विदेशीको जस्तो आर्टिफिसियल मैदान चाहियो, यसमा पुनः विचार गनुपर्छ भन्ने नै हो ।” पोखराको बहुउद्धेश्यल कवर्डहलको बिषयामा पनि फिनिसिङ गर्दा आवश्यक बजेट विनियोजन गर्नको लागि कति बजेट चाहिन्छ प्रतिवेदन सहित माग गर्न सदस्य सचिव शिलवालले आग्रह गरे ।
२७ खेलहरु मध्य एकल तर्फको खेलहरुको प्रशिक्षण सुरु भएको बताउदै सदस्य सचिव शिलवालले समुहका खेलहरुको बन्द प्रशिक्षण नभएकोले असार ३० गते विभिन्न खेलका अध्यक्ष, महासचिव, प्रमुख प्रशिक्षक, मन्त्री र सचिव सहितको उपस्थितीमा छलफल गरी अघि बढ्ने तयारी भएको बताए । केन्द्र, प्रदेश र स्थानिय तहको खेलकुदको समन्वय एकदम फितलो रहेको उनले दाबी गरे । उनले भने “९ औं खेलकुद र साग प्रदेशको राजधानि पोखरामा हुने हुदा यहाँको प्रदेश र स्थानिय सरकारसंग समन्वय गर्न आवश्यक देखेर मैलै हिजो प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी सहितको टोलीसंग भेटवार्ता सहित छलफल गरे, यसले सवैलाई अपनत्तो गर्छ । ” उनले क्रिकेट संघमा भएको बिबादलाई एक हप्ता भित्र समाधान गर्ने दाबी गरे । उनले भने “ क्रिकेटमा भएको बिबाद समाधानको लागि निर्देशन दिइसकेको छु, एक हप्ता भित्र बिबादको चुरोमा पु¥याउछु, क्रिकेटमा केही मान्छेले भाड्नेमा व्यस्तछन, यदि कोही मान्छेले यो सहमतीमा आउदैन भने क्रिकेट बिर्गाने हक छैन, अधिकार छैन, सार्वजनिक रुपमा यी अपराधि हुन भनेर घोषणा गर्छु अब सडेन्त्र गरेर हुदैन । ” आइसिसीको अपिसमा आफै गएर भए पनि क्रिकेटको विबाद अन्त्य गर्ने उनले बताए । सदस्य सचिव शिलवालले अदालत पनि दोषी भएको टिप्पर्णी गर्दै अदालतले समयमै न्याय दिन नसकेको गुनासो गरेका हुन। पछिल्लो फेजमा सुरक्षा सहितको ब्याबस्थापनको चुनौती हुने भएकोले त्यसको लागि पछि गर्दा हुने उनले जनाए । दशरथ रंगशालामा सुइमिङ पुल निर्माणमा हिटिङ सिस्टममा ठुलो चुनौती रहेको उल्लेख गर्दै उनले त्यसको समाधान हुने गरी निर्माण कार्य अघि बढाएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार