पोखरा रंगशालामा आज (विहिबार) देखि सुरु भएको ११ औं गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडीहरु मैदानमै लड्दा समेत उनीहरुले मेडिकल सेवा प्रयोग गर्नबाट बन्चित भएकाछन्। पोखरा रंगशालाको क्रिकेट मैदानमा विहिबार बिहान भएको एथ्लेटिक्स तर्फ पन्द्र सय मिटर दौडमा सहभागि महिला खेलाडीहरु लगातार तीन÷चार जना लड्दा समेत उनीहरुले मेडिकलको कुनै सेवा प्रयोग गर्न पाएनन्। उक्त प्रतियोगिता स्थलमा कुनै पनि मेडिकलको टिम नहुदा लडेका खेलाडीलाई उठाउन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ सहित अन्य अपिसियल समेत उनीहरुको हात समातेर एथ्लेटिक्स बाहिर ल्याएका थिए । उक्त प्रतियोगिताको उद्घाटन गरी पन्द्र सय मिटर दौडमा विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्न प्रतियोगिता स्थलमा पुगेका गण्डकी प्रदेशका मुख्य मन्त्री समेत मेडिकल टिम नहुदा अचच्म मानेर केही वोल्न सकेनन्। राखेप सदस्य गुरुङले खै मेडिकल टिम भन्दै हतार गर्दै एथ्लेटिक ट्याकमै लडेका खेलाडीहरुलाई उठान पुगेका थिए । केही खेलाडीहरुले आफ्नो खुट्टा फर्कियो भन्दै रुदै कराउदै थिए त केहीले पेट दुख्यो भनेका थिए खेलाडीहरु भकाभक लड्न थाले पछि मेडिकल पर्सन विना प्रतियोगितामा अवलोकन गर्न प्रतियोगिता स्थलमा पुगेका व्यत्ति तथा अपिसियलले उनीहरुलाई पार्नी छर्कीदै हात खुट्टा माड मुड गरेका थिए भने विस्तारै हिड्न लगाएका थिए ।
आयोजक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सन्पन्न श्रेष्ठले एकाएक खेलाडीहरु लडेर मेडिकल टीमको खोजी हुदा मेडिकल टिम आफुहरुले वोलाएकोमा खै कता गएछन भन्दै यताउति हेरेका थिए । पोखरा हस्पिटल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) को मेडिकल टोली रंगशालामा भए पनि उनीहरु एथ्लेटिक्स प्रतियोगिता भएको स्थानमा पुगेका थिएनन्। खेलाडीहरुको नाममा आएको बजेट खेलाडीहरु लड्दा पनि उनीहरुको राम्रोसंग उपचार गर्न नपाउनुले खेलाडीहरुको कसरी बृद्धि विकास र खेलमा आक्रषर्ण गर्न सकिन्छ भन्दै केही अपिसियलले गुनासो गर्दै थिए । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा संचालन भएको प्रतियोगितामा ११ जिल्लाका करिब ९ सय भन्दा बढी खेलाडीहरु सहभागि हुने भएको समितिका अध्यक्ष श्रेष्ठले बताए । उक्त प्रतियोगितामा तेक्वान्दो, कराँते, उसु, कवड्डी, भलिवल र एथ्लेटिक्स तर्फको प्रतिष्प्रर्धा हुने भएको छ । प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक सय ६ जना खेलाडीहरु यही असार २८ गते राष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि काठमाण्डौं प्रस्थान गर्ने भएकाछन्। उक्त छनौट सहितको प्रतियोगिता सम्पन्न गर्न २९ लाख बजेट रहेको समितिले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले पोखरालाई खेलकुदको राजधानि बनाउनु पर्नेमा जोड दिएकाछन्। उनले भने “गण्डकी प्रदेशको राजधानि पोखरा पर्यटकीय राजधानि मात्र होइन अब खेलकुदको राजधानि पनि हो, यसलाई अब हामीले खेलकुदको राजधानिको रुपमा विकास गनुपर्छ । ” संस्थागत संरचनागत हिसावले अगाडी बढेर निस्चित खेलहरुको पहिचान गरी उक्त खेल मार्फत व्यवसायीकरण गनुपर्ने उनको भनाइ थियो । विदेश जाने लहर चलेका वेला स्वदेशमा रहेका खेलाडी तथा प्रशिक्षकलाई स्वदेशमै राख्न उनीहरुलाई व्यवसायी बनाउनु पर्नेमा मुख्य मन्त्री गुरुङको जोड थियो । खुकुरी र टोपीको पहिचान अमेरीकामा बसेर हुदैन नेपालमा बसेर खेल्नु पर्छ, नेपालमै बसेर परिश्रम गर्नु पर्छ । ” गण्डकी प्रदेशका समाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशमा खेलकुदको एकेडेमी स्थापना गर्ने बताएकीछन्। उनले भनिन“ हामीले बिद्यालयहरुमा खेलको विकास गर्नको निम्ति बिषेश बिद्यालयको रुपमा हामीले केही बिद्यालयलाई छनौट गरेर खेलकुदलाई अगाडी बढाउने छौं । ” राष्ट्रिय खेलकुद परिषदका सदस्य गुरुङले खेलकुदमा अझै वेथिती भएको बताए । खेलकुद सम्बन्धि नबुझेको आफ्ना झोले मान्छेहरुको खेलकुदमा हावी भएकोले खेलाडीको हितमा काम नभएको उनको भनाइ थियो । उनले भने “हामीसंग गर्न सकिने धेरै सम्भावना छन् तर अझै पनि हामीले खेलाडीहरुको हितमा काम गर्न सकिरहेका छैनौं,आफ्नो मान्छे, खेलकुदमा नलागेको झोले मान्छे खेलकुदमा ल्याउदा विदेश जाने गरेकाछन्। ” समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।




