राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा भ्याली च्यासल युथ क्लबले सान्त्वना जित दर्ज गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै च्यासलले सान्त्वना जित दर्ज गरेको हो । यो जितसँगै समूह ए को च्यासलले ४ खेलबाट ४ अंक जोड्यो । भने च्यासल क्वाटरफाइनलमा पुग्नबाट बन्चित भएको छ । लिग चरणको अन्तिम खेलमा च्यासललाई जित दिलाउन कर्मा शेर्पाले दुई गोल गरे भने मछिन्द्रका कृष्ण भण्डारीले एक गोल फर्काएका थिए । पराजित भएपनि ४ खेलबाट ६ अंक जोडदै मछिन्द्र क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।यस समूहबाट हिमालयन शेर्पाले पनि ६ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार