युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले सबै प्रदेशमा अन्तराष्ट्रिय स्तरको सुविधायुक्त रंगशाला निर्माण गर्ने लक्ष्यका साथ कार्यअघि बढाइएको बताउनुभएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको उतर दिदै बिभिन्न स्थानमा रंगशाला निर्माण गर्नका लागी बजेट समेत बिनियोजन गरिएको बताउनुभयो । आगामी बर्षको बजेटले खेल क्षेत्रको विविध चुनौतीको सामना गरी खेलकुदको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखेको उहाले जानकारी दिनुभयो । मन्त्री विश्वकर्माले खेलाडीको उपचार तथा आकस्मिक दुर्घटना सहयोग, खेलाडी स्वास्थ्य विमा लगाएतको व्यवस्था गरेको जिकिर गर्नुभयो । खेलकुद पर्यटनको विकासका लागी पनि सरकारले बजेटको व्यवस्था गरेको उहाको भनाई छ । त्यस्तै उहाले मुलुकका हरेक स्थानीय तहमा दीर्घकालिन महत्वका खेल मैदान बनाउने उद्देश्यका साथ अघि बढेको बताउनुभयो ।




