विश्वकप क्रिकेटमा आज वेष्टइन्डिज र अफगानिस्तान खेल्दैछन् । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले आज वेष्ट इन्डिजसँग नेपाली समयअनुसार दिउँसो सवा ३ बजे प्रतिस्पर्धा गर्नेछ । दुवै टिम स्पष्ट जित हात पार्दै विश्वकप टुंग्याउने लक्ष्यमा छन् । अफगानिस्तान अहिलेसम्म विश्वकपमा जित विहिन यात्रा गरिरहेको टिम हो । उसले खेलेका ८ खेलमध्ये सबैमा हार ब्यहोरेको छ । त्यसकारण पनि आजको खेलमा जित हात पार्दै विश्वकपलाई अन्त्य गर्ने लक्ष्यमा छ अफगानिस्तान रहेको छ । यता, आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेको वेष्ट इन्डिजले त्यसपछिका कुनैपनि खेल जित्न सकेको छैन् ।




