महिला विश्वकप फुटबलको फाइनलमा आईतबार नेदरल्यान्ड्स र अमेरीका भिड्ने भएका छन् । बुधबार राति भएको खेलमा स्वीडेनलाई १—० गोलको कठिन जित निकाल्दै नेदरल्यान्ड्स विश्वकप महिला फुटबलको फाइनलमा प्रवेश गरेसंगै उसले अमेरीका संगको भेट पक्का गरेको हो। नेदरल्यान्ड्सकी ज्याकी ग्रोइनले ९९ औं मिनेटमा गोल गरेकी थिईन । निर्धारित ९० मिनेटसम्ममा खेल गोलरहित बराबरी भएपछि ३० मिनेटको समय थप गरिएको थियो ।




