हिमालयन शेर्पा क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै हिमालयनले पहिलो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयनलाई जित दिलाउन अभिषेक श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको ६९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै समूह ’ए’ बाट हिमालयनले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि पहिलो खेलमा हिमालयनले च्यासल युथ क्लबसँग बराबरी खेलेको थियो । एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार