संघीय संसद अन्तगर्तको विधानयन व्यवस्थापन समितिले राष्ट्रिय खेलकुद विकास विधेयकको बारेमा विज्ञहरुसंग परामर्श गरेको छ । सिहरबारमा बुधबार बसेको बैठकमा सांसदहरुले विधेयकको बारेमा आ–आफ्नो जिज्ञासा राखेपछि विज्ञहरुले खेलकुद क्षेत्रको बारेमा सुझाव प्रस्तुत गरेका थिए । बिज्ञहरुले खेलकुद क्षेत्रलाई अन्तराष्ट्रिय कानुनमैत्री बनाउनु पर्नेमा जोड दिए । खेलकुदमा अनुशासन महत्वपूर्ण हुने भएकाले नियम कानुनलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरुको सुझाव छ । छलफलमा खेलकुद विज्ञ जिवनराम श्रेष्ठले ओलम्पिक कमिटीको बारेमा ऐनले स्पष्ट निर्देशन गर्न नसकेको भन्दै कानुनी प्रावधानलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रिय हितलाई स्वार्थमा राखेर समितिले काम गर्ने भन्दै निष्पक्ष रुपमा सुझाव दिन आग्रह गर्नुभएको थियो ।




