नेपाल खेलकुद पत्रकार मञ्चद्धारा आयोजित पल्सर स्पोर्टस् अवार्ड आज हुदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा भवनमा दिउँसो २ बजेर ३० मिनेटमा अवार्ड कार्यक्रम सुरु हुनेछ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइज अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्ड गरी आठ विधामा आज अवार्ड वितरण गरिनेछ । वर्षभरि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा नेपाललाई पदक दिलाएका खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई आज अवार्डले सम्मान गर्न लागिएको हो । त्यस्तै, यसै वर्षदेखि अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्नेछ । यसअघि नै विभिन्न पाँच विधामा पर्ने खेलाडीको मनोनयन सार्वजनिक भइसकेका छन् । वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको हो । यस पटक उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।




