विश्वकप क्रिकेटमा सोमबार श्रीलंकाले वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड ग्राउन्डमा नेपाली समयअनुसार यी दुई देश बीचको खेल ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । श्रीलंकाको विश्वकपको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । पाकिस्तान र इंग्ल्यान्डको आ(आफ्नो अन्तिम खेल बाँकी छ । पाकिस्तानले बंगलादेश र इंग्ल्यान्डले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् । तर श्रीलंकाले आफ्नो बाँकी सबै खेल भने जित्नु पर्ने हुन्छ । श्रीलंकाको आज वेष्ट इन्डिजपछिको खेल भारतसँग छ । सात खेलबाट एक खेलमा मात्रै जित हात पारेको वेष्ट इन्डिजले पाँच खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ३ अंक मात्रै जोडेको छ । यता, ६ अंक जोडेको श्रीलंकाले भने सात खेलबाट दुई खेलमा जित, दुई खेलमा पानीको कारण अंक बाँड्दै र तीन खेलमा हारेको छ ।




