पोखरा महानगरपालिका वडा न.२५ हेमजाको जैसीचौर खेल मैदानमा निर्माण गरिएको ब्याडमिन्टन कोर्टको वडा अध्यक्ष शोभाखर तिम्सीनाले उद्धघाटन गरेका छन् । कार्यक्रममा बोल्दै उनले वडाको खेलकुद विकास प्रति वसावासीहरुको चिन्ता, चासो र सहभागीताको अवाश्यकता औल्याए । उनले वडामा जारी विकासका अन्य कामहरुमा पनि साथ र सहयोग गर्न आग्रह पनि गरे ।

कार्यक्रममा वडा सदस्य जित बहादुर कार्की, दिब्यदृष्टि क्लबका सल्लाकार कृष्ण नेपाली र समाज सेवी धर्मराज बाँस्तोला लगाएतले बोलेका थिए । कार्यक्रममा नवराज थापा, बुद्धिमान बि.क, डम्बर बहादुर अधिकारी, धन बहादुर अधिकारी, मोतिाल बाँस्तोला, रमेश नेपाली, फुल बहादुर गुरुङ, खिम बहादुर अधिकारी र मनु रसाइलीलाई सम्मान गरिएको थियो । दिब्यदृष्टि क्लब हेमजाका अध्यक्ष मनोज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सल्लाकार मिन बहादुर पराजुली थापा र सञ्चलन सचिब बिकल थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार