महिला ह्याण्डबल प्रतियोगिताको उपाधि पोखरा एकेडेमीले जितेको छ । अन्तराष्ट्रिय ओलम्पिक दिवसको सन्र्दभमा पोखराको ह्याण्डवल एकेडेमीमा शनिबार आयोजना गरिएको प्रतियोगितामा सिमलचौरको लिटिल स्टेप माबीलाई बाटुलेचौरको पोखरा एकेडेमीले फाइनल खेलमा ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । कास्की जिल्ला ह्याण्डवल संघको आयोजनामा नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको महिला ह्याण्डबल प्रतियोगितामा ६ विद्यालयका ६ टिमकै सहभागिता रहेको थियो ।

बिजयी खेलाडीहरुलाई नेपाल ह्याण्डबलका मुख्य प्रशिक्षक हिमाल दाहाल, संघ कास्कीका कार्यबाहक अध्यक्ष चित्र थापा, सचिब टेक गुरुङ, कोषाध्यक्ष इन्द्र गुरुङ लगायतले पुरस्कार वितरण गरेका हुन्। अन्तराष्ट्रिय ओलम्पिक दिवसको सन्र्दभमा पोखरा सहित देश भरी विभिन्न खेलकुद गतिविधि गर्दै उक्त दिवस मनाइदै गरेको संघका केन्द्रिय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज गुरुङले बताए ।




