असार ।
१३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा अनुमानित ५, २६, ५७, ४२, ६७०.७३ (पाँच अर्ब छब्बिस करोड सन्ताउन्न लाख बयालिस हजार छ सय सत्तरी र पैसा त्रिहत्तर मात्र) को बजेट प्रस्तुत गरेको छ । उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम विच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) समक्ष प्रस्तुत गर्नुका साथै बजेटको समष्टिगत रुपको पुस्तक मन्त्रिलाई प्रदान गरेका थिए ।

कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारी तर्फ ८८ करोड, १२ लाख, ६८ हजार १५०, खेलस्थल ब्यवस्थापन तर्फ ३ करोड ११ लाख, प्राविधिक तर्फ ३० करोड, ४० लाख, ६९ हजार, ९ सय, श्रोत साधन परिचालन तर्फ २० लाख, सुरक्षा तर्फ ५० करोड, २६ लाख १ हजार ८४०, आवस ब्यवस्थापन तर्फ ४५ करोड ५२ लाख ८६ हजार, यातायात ब्यवस्थापन तर्फ १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्य तर्फ ३ करोड, ४३ लाख ५२ हजार, प्रचार प्रसार तथा प्रकाशन तर्फ ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह ब्यवस्थापन तर्फ ७१ करोड ४६ लाख ८२ हजार ९१.२०, स्वयंसेवक परिचालन तर्फ २ करोड, २ लाख ९७ हजार, अतिथी सत्कार तर्फ १ करोड २९ लाख ५ हजार, खेल सामाग्री, उपकरण तथा पोशाक ब्यवस्थापन सचिवालय तर्फ १ अर्व २९ करोड ९१ लाख ५ हजार ८९.५३ रुपैया, एन्टि डोपिङ्ग तर्फ ३ करोड ५४ लाख ६१ हजार, आयोजक समिति तर्फ २७ करोड, ९९ लाख २७ हजार १ सय, आईटि ब्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड रहेको छ ।


उक्त बजेट पुस्तक ग्रहण गर्दै मन्त्रि सुनारले १३ औं दक्षिण एशियाली खेलकुद राष्ट्रको ईज्जत, प्रतिष्ठा संग जोडिएको भन्दै सवै पक्षबाट यसलाई सफलतापूर्वक सम्पन्न गर्न अपिल गरे । उनले प्रतियोगिता सम्पन्न गर्न बजेटको निकैनै महत्वपूर्ण स्थान रहेको भन्दै त्यसै क्रममा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिको मिति २०७६÷०१÷२६ गते बसेको बैठकले समितिका सदस्य एवं राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा विभिन्न बिज्ञहरु रहेको बजेट निर्माण कार्यदल गठन गरिएकोमा उक्त कार्यदलले समयमानै आफ्नो कार्य सम्पन्न गरेको भन्दै कार्यदलका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद प्रदान गरे । बजेट विभिन्न क्षेत्रका दक्ष तथा बिज्ञहरुसंग छलफल गरि निर्माण गरिएको उपाध्यक्ष तथा बजेट निर्माण कार्यदलका संयोजक तिम्सिनाले बताए । संयोजक तिम्सिनाले बजेट निर्माण गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सवैलाई धन्यवाद समेत प्रदान गरे ।

मित्र राष्ट्र थाईल्याण्डको पतैया सहरमा आयोजना हुने ६ औं एशियन यु – २० जुनियर कुराश च्याम्पियनसिप तथा सोही अवसरमा आयोजना हुने एशियन कुराश साधारण सभामा सहभागी हुन जाने कुराश टोलीलाई आईतबार एक कार्यक्रम विच राष्ट्रिय खेलकुद परिषदकी सदस्य ईन्दिरा निरौला तथा संघक अध्यक्ष एवं काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले संयुक्त रुपमा बिदाई गरे । एशियन कुराश महासंघको आयोजनामा जुन १७ देखि २७ सम्म आयोजना हुने यु – २० प्रतियोगितामा पुरुष ५५ केजीमा बिपल तुलाधर, ६० केजीमा शेरबहादुर घर्ती र महिला ५७ केजीमा कृती शर्माले प्रतिस्पर्धा गर्ने छन् । यस्तै प्रशिक्षकमा प्रताप घिसिङ्ग, टोली नेतामा संघका उपाध्यक्ष दीपक बहादुर सिंह रहेका छन् । यस्तै सोहि समयमा आयोजना हुने महासंघको साधारण सभामा संघकी महासचिव प्रतिक्षा खरेलले सहभागिता जनाउने संघले जनाएको छ ।




