काठमाण्डौ, जेठ ।

नेपाल ओलम्पिक कमिटीले आधुनिक ओलम्पिकको स्थापनाको अवसरमा साताव्यापी कार्यक्रम सुरु गरेको छ । ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’ अर्थात् आगामी असार ८ गतेसम्म सातै प्रदेशमा ११६ वटा विभिन्न कार्यक्रम गरिने जनाएको छ । यसैक्रममा ओलम्पिक कमिटीले शनिबार काठमाडौंमा साइकल र्याली निकालेको छ । ललितपुरको सातदोबाटोस्थित ओलम्पिक भवनबाट काठमाडौंको भृकुटीमण्डपसम्म निकालिएको साइकल र्यालीमा करिब ३ सय सहभागी थिए । सन् १८९४ जुन २३ मा आधुनिक ओलम्पिक स्थापना भएको थियो । सोही दिनको स्मरणमा विश्वभर जुन २३ तारिखमा ‘ओलम्पिक डे’ मनाउने गरिन्छ । ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’का दिन असार ८ गते विशेष कार्यक्रम गर्ने बताएको छ ।


नागिरक समाजले लोकतन्त्रका लागि खबरदारी गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकारले ल्याएको बिभिन्न बिधेयकले नागरिकको अधिकार र लोकतन्त्र नै खतरामा परेको भन्दै शनिबार प्रर्दशन गरेका हुन् । उनीहरुले गुठी , प्रेस र सामाजिक सञ्जललाई नियन्त्रण गर्ने बिधेयक फिर्ता लिन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ’नागरिक स्वतन्त्रताको सम्मान गर’, ’सुशासनको प्रत्याभूति गर’, प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता गर’ जस्ता नारा लगाएका थिए । नागरिक समाजले संसदमा हालै सरकारले पेश गरेका विवादित विधेयकको विरोध गरेको छ । प्रर्दशनमा सहभागीहरुले आफुहरुको विरोधमा सरकारमा बस्ने व्यक्तिहरुको लागी नभएको भन्दै सरकारले गरेका केहि नागरिक अधिकार विरोधी क्रियाकलापको मात्र भएको बताएका छन् । प्रदर्शनमा सहभागीहरुले बिश्वबिद्यालयमा स्वतन्त्रता कायम गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने, शान्तिपूर्ण रुपमा भेला हुन पाउनुपर्ने अधिकार सुनिश्चीत गर्नुपर्ने लगाएतका माग पनि राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार