पोखरा, जेठ ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश प्रहरीको बिषयमा संघिय सरकारले अधिकार केन्द्रिकरण गर्नुले नेपाल प्रहरी बलियो नहुने बताएकाछन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा नव निर्मीत ब्यायामशाला (जिम हल) को विहिबार एक समारोहका बिच उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले संविधानमा व्याबस्था भएको प्रदेश प्रहरी प्रमुख सहितको व्यबस्था केन्द्रबाटै हुनुले नेपाल प्रहरी बलियो नहुने बताएका हुन्। प्रहरीलाई श्रोत र साधनले सम्पन्न बनाउने उनीहरुलाई दक्ष र प्रविधि मैत्रि बनाउने कुरामा पनि प्रदेश प्रहरी प्रदेशको मातहातमा आवश्यक भएको उनले बताए । उनले भने “ देश नयाँ संरचनामा गएको छ, व्याबस्था बदलियो, संरचना बदलियो, संस्था बदलियो नेपाल प्रहरीको कार्यशैलि बदलिनु पर्छ । ” प्रहरी आफै सक्षम हुनु पर्ने उनले बताए ।

प्रहरीमा भएको राजनीतिकरण, पार्टी करण र गृह मन्त्री करणलाई रोक्नु पर्ने मुख्य मन्त्री गुरुङको भनाइछ । उनले भने “ पहिला एक पटक गृह मन्त्री भए पछि प्रहरी कर्मचारी छनौट त हाक्तिको दाँत जस्तो सवै आफ्ना मान्छे भर्ना गर्ने थलोको रुपमा विकास हुदै आएकोले यस्तो गृहमन्त्रीकरण प्रहरीमा हावी हुन दिन हुदैन्, खुम बहादुर खड्काले आफु गृह मन्त्री हुदा आफन्ना धेरै मान्छे प्रहरीमा भर्ना गराएका थिए । ” प्रहरीमा व्यक्ति केन्द्रित हुने सिस्टमको परिवर्तन गर्नु पर्ने मुख्य मन्त्री गुरुङको भनाइ छ । राज्यको दाहित्य बदलिदो परिस्थितीमा प्रहरीलाई श्रोत साधनमा पहुँच पुराउनु पर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशका सांसद द्धय राजिव पहारी र कृष्ण थापाले स्वस्थ्य नागरिक उत्पादन गर्न शारीरिक रुपमा सक्षम हुनको लागि शारीरिक व्यायम केन्द्रहरु समेत आवश्यक भएकोमा जोड दिए । कास्कीका प्रमुख जिलल अधिकारी चक्रबहादुर बुढाले कास्कीमा लागुऔषध ठुलो समस्याको रुपमा रहेको दाबी गरे । उनले भने “ कास्कीका चालक देखि बिद्यार्थीहरुसम्म लागुऔषध प्रयोग गरेको पाइएको छ, कास्कीमा १० हजार भन्दा बढी लागु पदार्थ सेवन कर्ता रहेकाछन्। ” नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले प्रहरीहरुको बढुवा र सरुवा गर्दा मन्त्रीहरुको ढोकामा आउने सिस्टमको पूर्ण रुपमा बन्द गर्न माग गरे । कास्कीमा करिब १३ महिनाको कार्यकाल बिताएका प्रहरी उपरीक्षक ओम बहादुर रानलाई उक्त अवसरमा बिदाई समेत गरीएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङले बताए ।
यसैबिच, गौतम थापाको अध्यक्षतामा गठन भएको व्यायमशाला निमार्ण समितिले उक्त व्यायमशालाको चावी एस.पी.रानालाई हस्तान्तरण गरेको छ । उक्त व्यायमशाला निर्माणको लागि करिब १३ लाख ५२ हजार ६ सय ६३ रुपैया खर्च भएको कोषाध्यक्ष अमृत भट्टराईले बताए । विभिन्न दाताबाट संकलन भएको रकमबाट उक्त व्यायमशाला निर्माण गरिएको उनले जनाए । ११ लाख ४ हजार विभिन्न दाताबाट रकम संकलन भएको भट्टराइले जनाए ।











तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार