टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ अन्तर्गत वर्ष चर्चित खेलाडी छान्न भोटिङ खुला भएको छ । चौथो संस्करणबाट दर्शकको छनौटको आधारमा ‘पपुलर प्लेयर अफ दि इयर’ घोषणा गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निर्णय अनुसार ठीक १० दिन अघिबाट भोटिङ खुला भएको हो । विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष उदियमान खेलाडीको विधामा परेका ९ जना खेलाडीहरु मध्येबाट सर्वाधिक मत प्राप्त गर्ने खेलाडीलाई मञ्चले पपुलर प्लेयर अफ दि इयरका रुपमा अवार्ड प्रदान गर्ने जनाएको छ । विजेताले नगद २५ हजार सहितका आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । एसएमएस मार्फत भोट गर्न मोबाइलको म्यासेज बक्समा गई पोखरा स्पोर्टस् अवार्डको छोटकरी रुप PSA टाइप गरी Space दिएर खेलाडीको Voting Code लेखी 33001 मा पठाउनुपर्नेछ । मञ्चका उपाध्यक्ष एवं सूचना तथा प्रविधि उपसमिति संयोजक रञ्जन अधिकारीका अनुसार वर्ष खेलाडी पुरुषतर्फ मनोनयनमा परेका अमृत थापा (स्क्वास) को भोटिङ कोड 1A, रुपक नेपाली (फूलकन्ट्याक्ट कराँते) को 1B र युकेश गुरुङ (प्याराग्लाइडिङ) को भोटिङ कोड 1C रहेको छ । यस्तै, वर्ष खेलाडी महिलातर्फ मनोनित भएकाहरु प्रीति बराल (सफ्ट टेनिस)को भोटिङ कोड 2A, श्रेया केसी (सुटिङ) को 2B र सुष्मी श्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) को 2C रहेको छ । यसैगरी, वर्ष उदियमान खेलाडीमा मनोनयनमा परेका अनुष्का शेरचन (आर्चरी) को 3A, अर्जुन कुमाल (क्रिकेट)को 3B र सुस्मिता थापा मगर (आईटीएफ तेक्वान्दो) को 3C रहेको छ । खेलाडी छनौट समितिका संयोजक एवं संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीका अनुसार यस वर्षबाट थप भएको यस विधाको अवार्डमा एक मोबाइल नम्बरबाट एक दिनमा जम्मा एउटा भोट मात्र गर्न सकिनेछ । ‘मुलुकमा चलेका धेरै ईभेन्ट, रियालिटी शो तथा प्रतियोगिताहरुमा एसएमएस खेती गरेको भनेर जनगुनासो धेरै छ । भोटले एउटा अवार्ड जित्ने भएपछि सम्पति सकाएर पनि भोट गरेको देखियो ।’ सल्लाहकार समेत रहेका ज्ञवालीले भने– ‘खेलाडीको सम्मानका लागि गरेको यो कार्यक्रममा खेलाडीकै पैसा सकेर आयोजकको कमाउने उद्देश्य होईन । त्यसैले एउटा नम्बरबाट एक दिनमा एउटा मात्र भोट मान्य हुने गरी व्यवस्था मिलाएका छौं ।’ एउटा एसएमएस पठाउन कर बाहेक ५ रुपैंया लाग्नेछ । अवार्ड वितरण समारोहकै अवधिसम्म भोट गर्न सकिने र पारदर्शी रुपमा भोटबारे जानकारी गराउने उपसमिति संयोजक अधिकारीले जनाए । उनका अनुसार मञ्चको आधिकारीक फेसबुक पेज नेपाल स्पोर्टस् जर्नालिष्ट फोरम, गण्डकीमा समेत खेलाडीहरुको विवरण राखिनेछ । जहाँबाट लाइक, शेयर गर्न सक्नेछन्। ‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ पोखरा सभागृहमा जेठ २४ मा हुने अवार्डमा सांस्कृतिक कार्यक्रम, खेलाडी ¥याम्प, विभिन्न खेल कौशल प्रदर्शन समेत हुनेछ । कार्यक्रमलाई बतास ब्रदर्श प्रालिले मुख्य प्रायोजन गरेको छ ।सहयोगी संस्थाहरुमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, कास्कीका गाउँपालिका, वडा, हङकङ व्युटी इन्स्टिच्युट, सामसुङ मोबाइल वल्र्ड वाइड कनेक्सन, क्षेत्रीय खेलकुद विकास समिति पोखरा, जिल्ला खेलकुद विकास समिति कास्की लगायत रहेका छन् ।

गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु 

तनहुँ:- सवारी दुर्घटना ४ जना घाईते

मिति २०७६।०२।१५ गते भानु नगरपालिका – २ ढलेबर स्थितमा ढलेबर बाट डाहलटार तर्फ जाँदै गरेको ग १ त ५६७० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडक बाट अन्दाजी २० मिटर तल खस्दा  सोही ठाउँ बस्ने वर्ष ३०/३२ को कर्ण सिंह गुरुङ (चालक), ४० वर्षिय सानु कान्छा गुरुङ, ४४ वर्षिय चित्र बहादुर दाहाल र ५५ वर्षिय विष्णु दाहाल घाईते भई उपचारको लागि भरतपुर चितवन पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की:-  सवारी दुर्घटना ७ जना घाईते

मिति २०७६।०२।१५ गते पोखरा महानगरपालिका-२६ बिजयपुर स्थितमा तालचोकबाट पोखरा तर्फ जाँदै गरेको ग १ ज ३९९१ नम्बरको  माईक्रोले अगाडीको मोटरसाईकललाई जोगाउन अचानक ब्रेक लगाउँदा पछाडिबाट आईरहेको ना ६ ख ३५४० नम्बरको मिनिबस र त्यसको पछाडी ना ५ ख २१८० नम्बरको बस ठोकिन गई दुर्घटना हुँदा रुपा गाउँपालिका -५ बस्ने १७ वर्षिय निकिता गुरुङ, पोखरा महानगरपालिका-३२ बस्ने ३० वर्षिय देवी भुजेल, अन्नपुर्ण गाउँपालिका-३ बस्ने ४० वर्षिय सञ्जु गिरी, पोखरा महानगरपालिका-१२ बस्ने ७५ वर्षिय मैया थापा,माछापुच्छ्रे गाउँपालिका-३ बस्ने ५० वर्षिय मन कुमारी राना,२५ वर्षिय मिना शाही र २७ वर्षिय  रिना शाही  घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल  पोखरा पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई बस र चालकलाई नियन्त्रणमा लिई  घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।









तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार