काठमाण्डौ, जेठ ।
राष्ट्रियसभामा ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस” भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । त्यस्तै ‘गुठी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय देशका विभिन्न स्थानमा भएको विष्फोटमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादका माध्यमबाट समाधान खोज्ने बताउनुभएको छ । मन्त्री थापाले सरकारले वार्ता र संवादसँगै नियन्त्रणको नीतिलाई समेत सँगसँगै लैजाने रणनीति लिएको जानकारी दिनुभयो ।


बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक सर्वेक्षण’ पेश गर्नुभयो । अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हँुदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताउनुभयो । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आगामी १५ गते चारबजे बस्नेछ ।





तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार