पोखरा, जेठ ।
होटलमा काम गर्ने एक कर्मचारी होटलकै रुममा मृत अबस्थामा भेटिएकाछन् । पोखराको न्यूरोड स्थित होटल दर्शनमा काम गर्दै आएका करिब ४५ बर्षका प्रेम कुँवर आज विहान होटलकै रुममा मृत अबस्थामा भेटिएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङले बताए ।

स्याङजाको भिरकोट नगरपालिका घर भई हाल होटलमा मजदुरी गर्दै आएका कुंवर आज विहान ७ः३० बजेसम्म पनि नउठे पछि उनी सुतेको कोठामा हेर्दा उनी मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको शरीरमा खासै चोटपटक नभएको बताइएको छ भने शवको पोष्टमाटम पछि थप घटनाको बारेमा जानकारी हुन सक्ने डि.एस.पी. गुरुङले बताए । उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा राखिएको छ ।




