पोखरा, जेठ ।
पर्यटकीय नगरी पोखराको एक बिद्यालय र एक कलेजमा चाइनिज भाषा प्रशिक्षण गराउन चाइनिज नागरिक पोखरामा आएकाछन् । पोखराको कुमुदीनि होम्स बोर्डिङ स्कुल र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (छिनेडाँडा) मा बिद्यार्थीेहरुलाई चाइनिज भाषा प्रशिक्षण गराउन चाइना कल्चर सेन्टर काठमाण्डौंबाट इभा र सोफिया पोखरामा आएका हुन्। उनीहरुले एक बर्ष स्वयम सेवकको रुपमा चाइनिज भाषा, कला संस्कृति र चाइनिज भाषा वोल्न सिकाउने भएकाछन्। उनीहरुको आवास सहितको खानपानको व्याबस्था भने बिद्यालय तथा कलेजले गरेको छ ।


उनीहरु मध्य इभा कुमुदिनी होम्स र सोफिया कलेजमा अध्ययनरत बिद्यार्थीहरुलाई अतिरिक्त बिषयको रुपमा दैनिक ३ वटा कक्षालाई पढाउने भएकी छन भने बिद्यालयको हकमा ५ देखि ७ कक्षासम्मका बिद्यार्थीहरुलाई चाइनिज भाषा प्रशिक्षण गराउन लागेको बिद्यालय तथा कलेजका संस्थापक असोख पालिखेले बताए । इभा र सोफियाले आफुहरुले आफ्नो देशको भाषा, कला, संस्कृतिको बारेमा मसिनो गरी बिद्यार्थीहरुलाई बुझाउन प्रयत्न गर्ने जनाएकाछन् । समयको माग अनुसार शैक्षिक गुणस्तर र व्यवहारिक ज्ञानको लागि चाइनिज पर्यटक नेपालमा आउने धेरै हुने भएकोले भोलिका बिद्यार्थीहरुको लागि सहज हुने उद्धे्रश्यले आफुहरुले पहिलो चरणमा अनौपचारिक रुपमा चाइनिज भाषा प्रशिक्षण गराउने भएको संस्थापक अध्यक्ष पालिखेले जनाए ।


कास्कीका दुई वटा सामुदायिक बिद्यालयलाई पोखराको गैह््रापाटनमा रहेको कुमुदीनि होम्स माविले शैक्षिक सामाग्रि सहयोग गरेको छ । सामुदायिक बिद्यायलको गुणस्तरिय शैक्षिक विकास गराउने उद्धेश्यले आफुहरुले यस बर्ष पनि कास्कीको भुजुङखोलामा रहेको हिमालयन आधारभुत बिद्यालय र सार्दीखोलाको खादरजुङमा रहेको वाराही आधारभुत बिद्यालयलार्ई शैक्षिक सामाग्रि प्रदान गरेको कुमुदीनि होम्सका संस्थापक असोक पालिखेले बताए । बिद्यालयको प्राथनाको समयमै आयोजित एक समारोहका बिच शैक्षिक सामाग्रिको साथमा नगद हस्तान्तरण गरिएको हो । हिमालयनका प्रधानाध्यापक माधव प्रसाद गौतम र वाराहीका प्रधानाध्यापक राम प्रसाद आचार्यलाई बिद्यालयका बिद्यार्थीहरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । एक कक्षा देखि १० कक्षासम्म अध्ययन गर्ने बिद्यार्थीहरुबाट संकलन भएको शैक्षिक सामाग्रि (कपी, इरेजर, पेन्सिल कटर र पेन्सिल) गरी करिब ४३ जहार ९ सय १० रुपैया मुल्य बराबरको शैक्षिक सामाग्रि दुई वटा समुदायीक बिद्यालयलाई हस्तान्तरण गरिएको हो संस्थापक पालिखेले बताए । बिद्यार्थीहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्न बिद्यार्थीहरुबाट संकलन भएको शैक्षिक सामग्रीहरु कमजोर आर्थिक अबस्था भएका बिद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्रि वितरण गरिएको उनले जनाए ।


उक्त अवसरमा लोटस फाउण्डेसन जर्मनी रैनर कुवेराबाट दुबै सामुदायिक बिद्यालयको लागि जनही एक लाख ८ हजारको दरले प्राप्त भएको रकम समेत हस्तान्तरण गरिएको छ । कुवेराबाट दुबै बिद्यालयलाई बार्षिक रुपमा २ लाख १६ हजार रुपैया का दरले सहयोग प्राप्त हुने भएको छ । हिमाल मिडिया प्रालिका संचालक दुर्गा हुमागाँइले उक्त रकम बराबरको चेक दुबै बिद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेका हुन्। कुमुदीनि होम्सले प्रतिक पौडेल र बिष्णु माया आलेलाई आवासिय सुविधा सहित पढाउदै आएको छ । बार्षिक रुपमा करिब ५ लाख ५० हजार मुल्य बराबरको आर्थिक भार बिद्यालयबाटै व्याबस्थपन गरिएको बतान्छ । पौडेल कक्षा ४ मा र आले कक्षा ३ मा अध्ययनरत छन्। बिद्यालयले विगत ७ बर्ष देखि हिमालयनलाइ र बारहीलाइ विगत ४ बर्ष देखि शैक्षिक सामाग्रिको साथमा ३०÷३० स्थान बिद्यालय पोसाक समेत सहयोग गर्दै आएको छ । हिमालयनमा हाल ३९ जना र वाराहिमा ५० जना बिद्यार्थीहरु रहेकाछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार