काठमाण्डौ, वैशाख ।
काठमाडौंमा बुधबारदेखि मनमोहन मेमोरियल अन्तर प्रदेशस्तरीय यू–१६ क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगीताको बुधबार उपराष्ट्रपति नन्दवहादुर पुनले उद्घाटन गर्नुभयो । उहाले राष्ट्र, स्वास्थ्य र एकताका लागी खेल निकै महत्वपूर्ण भएको बताउनुभयो । उपराष्ट्रपति पुनःले व्याटिङ गर्दे खेलको शुभारम्भ गर्नुभयो । यसैबीच बुधबार नै भएको उद्घाटन खेलमा प्रदेश नम्बर तीन आठ विकेटले विजयी भएको छ ।


टियू क्रिकेट मैदान कीर्तिपुरमा गण्डकी प्रदेशले दिएको १ सय रनको लक्ष्य प्रदेश तीनले १६ दशमलब ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । प्रदेश तीनको जीतमा आशिष भट्टराई र अभिषेक उपाध्यायले उत्कृष्ट ब्याटिङ गरेका थिए । आशिषले ६ चौकाको मद्दतले ५९ रनमा नट आउट रहँदा चार चौका प्रशार गरेका अभिषेक ३५ रनमा नट आउट रहे ।
त्यसअघि टस जित्दै पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश २७ दशमलब ५ ओभरमा सवै विकेट गुमाएर ९९ रनमा समेटिएको थियो । गण्डकीका लागि अभिषेक थापाले २२ रन बनाउँदा अनित बराल १७ र अर्जुन कुमाल १६ रनमा आउट भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार