काठमाण्डौ, वैशाख ।
आगामी मे ३ देखि ६ तारिखसम्म मलेसियामा हुन गइहेको ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आईतबार ओकिनावा गोजु–रियो एसोशिएशन नेपालद्धारा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा १७ देशको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तीन खेलाडीसहित पाँच सदस्यीय टोलीको बिदाई गरिएको हो ।
एसोशिएशनका अनुसार उक्त प्रतियोगितामा विवश घिमिरे, विनोदमान श्रेष्ठ र कुमार चौलागाईले सहभागिता जनाउनेछन् । प्रतियोगिताको निर्णायक भूमिकामा रञ्जनमान श्रेष्ठ र टोली व्यवस्थापकमा जितेन्द्र प्रसाद साह रहनेछन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, साउथ एसिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वलाल जोशीलगायतले खेलाडीहरुलाई विदाई गरेका हुन् ।


कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुद्ध नेपालमा जन्मेर फैलाएको ज्ञान र धर्मलाई संसारले मान्ने तर नेपालमै बौद्ध धर्मसंग सम्बन्धित खेललाई नेपालको राष्ट्रिय खेलको रुपमा नहेर्नुले खेललाई सरकारले प्राथमिकता दिन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक रञ्जनमान श्रेष्ठले आफूहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको गुनासो गर्नुभयो । साउथ एशिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले कराँते खेलको जन्म जापानबाट नभई नेपालबाटै भएको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार