पोखरा, वैशाख ।
गण्डकी प्रदेश सरकारले संचालन गरिरहेको मुख्यमन्त्रीसंगको टेलिफोन मार्फत गरिने सिधासंवाद कार्यक्रम हेलो मुख्यमन्त्री आज पनि संचालन हुदैछ । गण्डकी प्रदेशका नागरीकका चासो, गुनासो र सरोकारहरु मुख्यमन्त्रीको सिधा संवादमा राख्न सकिने उक्त कार्यक्रम आज तेस्रो पटक संचलन गर्न लागिएको हो ।
साँझ पाँच बजेदेखी बेलुकी छ बजे सम्म जनाताका चासो र गुनासो सुन्ने र सम्बोधन गर्ने गरि मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङ टेलिफोन सम्पर्कमा रहनेछन् । मुख्यमन्त्री गुरुङसंग सिधा टेलिफोन संवादका लागी प्रदेश सरकारको सम्पर्क नं. १०९४ मा डायल गरि सम्पर्क गर्न सकिनेछ ।


उक्त कार्यक्रमका दुई वटा श्रृखलाहरु सम्पन्न भैसकेका छन् । ति श्रृखलाहरुमा पनि नागरीकहरुले १०९४ मा सम्पर्क गरि आफ्ना गुनासाहरु मुख्यमन्त्री समक्ष राखेका थिए । आफ्नो क्षेत्रमा विद्यमान समस्याहरु, विकास निर्माण, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विषयहरुमा मुख्यमन्त्री समक्ष गुनासो राख्ने गरि उक्त कार्यक्रमको परिकल्पना र संचालन गरिएको मुख्यमन्त्रीको सचिवाललयले जनाएको छ ।
प्रदेशका विभिन्न ११ जिल्लाका नागरीकहरुको सरकारमा पहुँच वृद्धिमा समेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ । जनप्रतिनिधि आईसकेपछि विकासले तुलनात्मक रुपमा गति लिएको अनुमान गरिएको भएपनि समस्याहरुमा समेत बढोत्तरी आएको अधिकांसको गुनासो छ ।
तर, गण्डकी प्रदेश सरकारले जनताका ति गुनासाहरुको सिघ्र समाधान गर्दै विकासको गतिलाई अगाडी बढाउने गरि जनतासंग प्रत्यक्ष सरोकार राख्ने गतिविधिहरुलाई बढवा दिईएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार