पोखरा, वैशाख ।
पोखरा उपत्यका वृहत सफाई अभियान कयौ चुनौतीहरुका बिच अगाडी बढिरहेको अभियान्ताहरुले बताएका छन् । सफाई अभियानका १ सय ५० भन्दा धेरै श्रृखलाहरुमा पोखराको गल्ली, चोक र खोचहरुमा समेत कुचो लगाएका उनिहरुले अपरिवर्तित मानविय स्वाभावलाई आफुहरुका लागी निकै ठुलो चुनौती भनेका छन् ।


“मानिसका मानसिकताहरु परिवर्तन गर्नु असाध्यै मुस्किल कार्य रहेछ, र यो सानो खेलले सम्भव हुने विषय सायद होईन रहेछ, यसका लागी मनका मैलाहरु पखालिनु जरुरी देखियो, एक जना अभियान्ताले सिसिएमसंग कुराकानीका क्रममा भने, अझैपनि अधिकांस मानिसहरुले केराको भित्रि भाग खाएर बोक्राहरु सडकमा फाल्ने संस्कार बदलिसकेका छैनन् र वातावरणमा दुर्घगन्ध फैलाउन मद्धत गरिरहेका छन् ।”

ति मानिसहरुको उक्त क्रियाकलापलाई उनले वातावरण माथीको अन्याय र सामाजिक अपराध भनेका छन् । यसरी मानिसहरुले आफ्नो मझेरी सफा गर्ने बाहानामा वरपरको वातावरण एंव सार्वजनिक स्थलमा फोहोर फ्याक्ने प्रवृतिको अन्त्य नगरेसम्म अभियानका हजार श्रृखलाहरुले समेत त्यसको क्षतिलाई न्याय गर्न नसक्ने उनिहरुको तर्क छ ।


तस्विरमा देखिएको दृश्य पोखराको सान र गण्डकी प्रदेशको एक प्रमुख पर्यटकिय स्थल फेवातालको कुनै एक छेउ हो । जहाँ पोखराको बजारबाट बगेर जाने फिर्के खोलाले फोहोरको यो मात्रा जम्मा गरेको देखिन्छ । उक्त स्थानमा निर्माण गरिएको सामान्य बाँधमा अल्झिएका यि फोहोरहरु पोखराको बजारबाट बगेर गएका हुन् ।


यसरी वातावरण प्रति मानिसहरले गरेको वेवास्ता र गलत क्रियाकलापका कारण प्राकृतिक सुन्दरतामा प्रत्यक्ष असर परिरहेको छ । तर, पनि अभियान्ताहरुले आफ्नो अभियान जारी रहेको र वातावरण प्रतिको न्यायलाई स्थापित गरेरै छोड्ने संकल्प गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार