पोखरा, वैशाख ।
विश्व सम्पदाको संरक्षण तथा थप विकासका खातिर नयाँ पुस्तालाई जागरुक बनाउने उद्देश्यले विहिबार विश्व सम्पदा दिवस मनाईएको छ । पोखरामा पनि यो दिवस पुरानो बजार र कलात्मक घर तथा मठ मन्दिरहरु रहेको क्षेत्रमा सम्पदा पदयात्रा गरि मनाईएको सम्पदा संरक्षणका अभियानमा लागेका अभियान्ताहरुले बताएका छन् । पोखरा ४ स्थित गोपालजि मन्दिरदेखी विन्दावासिनी सम्म गरिएको सम्पदा पदयात्रामा सयौ अभियान्ताहरुको सहभागीता रहेको थियो । तर, अभियान्ताहरुले भने लोपोन्मुख स्थितीमा पुगेका पुराना कला र ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागी नागरीकहरु समेत सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

विश्वभर रहेका प्राचिन सम्पदाको पहिचान गरी त्यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) नामक राष्ट्रसंघीय निकायले विश्व सम्पदाको सूचिमा राख्ने गरेको छ । तसर्थ नेपालका पनि विभिन्न सांस्कृतिक र प्राकृतिक सम्पदाहरु विश्व सम्पदामा सूचीकृत भएका छन् । ती सम्पदाहरु सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र काठमाडौं उपत्यका हुन् । १९ औं सताब्दीमा पहिचानमा आएको नेपालको पुर्वी पहाडी जिल्ला सोलुखुम्बुमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वव्यापी सम्पदाका रुपमा परिचित छ । यस्तै रुपन्देहीमा रहेको लुम्बिनी अर्को ऐतिहाँसिक सम्पदा क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्ज पनि जैविक विविधताका लागि कहलिएको सम्पदा क्षेत्र हो । यस्तै काठमाडौं उपत्यका अर्को विशेष सम्पदा क्षेत्र हो ।


सन् १९९६ र त्यसयता नेपाल सरकारले थप १५ वटा राष्ट्रिय सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न युनेस्कोसँग माग गरेको छ । यसरी प्रस्तावित सम्पदाहरुमा पनौतीस्थित मध्यकालीन वास्तुकला क्षेत्र, प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिलौराकोट दरबार, मुस्ताङ जिल्लाको मुक्तिनाथ उपत्यका र आसपास रहेका गुफा वास्तुकला, गोरखा स्थित मध्यकालीन दरबार, रामग्राम, खोकना, लोमान्थाङ, बज्रयोगिनी मन्दिर क्षेत्र र साँखुका मानव बस्तीहरु, कीर्तिपुरको मध्यकालीन मानव बस्तीहरु, रूरू ऋषिकेश क्षेत्र, नुवाकोट दरबार क्षेत्र, रामजानकी मन्दिर, तानसेनको मध्यकालीन नगर, सिंजा उपत्यका र दैलेखको भुर्ती मन्दिर क्षेत्र रहेका छन् ।
यसैविच विश्व सम्पदा दिवसको अवसरमा पोखरामा पुरातात्विक सम्पदा क्षेत्रमा सम्पदा यदयात्रा गरिएको छ । राष्ट्रिय सम्पदा संरक्षण समितिको अगुवाई तथा पोखरा महानगरपालिका वडा नं.२,३ र ४ को संयुक्त आयोजनामा पोखराको गोपालजि मन्दिरदेखी विन्दावासिनी सम्म पैदल यात्रा गरिएको हो । कार्यक्रममा बोल्दै वडा नं.२ का वडा अध्यक्ष रामेश्वर मल्लले सम्पदा संरक्षणका लागी आगामी बजेटमा छुट्टै व्यवस्था गरि विकास गरिने बताए । यस्तै वडा नं.४ का वडा अध्यक्ष शंकरप्रसाद बाँस्तोलाले पोखरामा रहेका सयौ वर्ष पुराना सम्पदाहरुको संरक्षणका लागी महानगरपालिकले व्यवस्थित योजना बनाएर आगाडी बढ्नु पर्ने उल्लेख गरे ।

यस्ता सम्पदाको संरक्षणका लागि समेत युनेस्कोले सहयोग पुर्याउँदछ । सम्पदाहरुको संरक्षणको मुल उदेश्य भनेको नयाँ पिढीलाई सम्पदाहरु र त्यसका इतिहाँसलाई अवलोकन गर्न मिल्नेगरी जस्ताको तस्तै बचाउनु पनि हो । तर, अभियान्ताहरुले भने लोपोन्मुख स्थितीमा पुगेका पुराना कला र ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागी नागरीकहरु समेत सचेत हुनुपर्नेमा जोड दिएका छन् । बहुमूल्य सम्पदाका रूपमा सुचिकृत भएका पुराना स्थान तथा भौगोलिकता नै विश्व सम्पदा क्षेत्रका रुपमा चिनिन्छन् । यूनेस्कोले कुनै पनि राष्ट्रमा अवस्थित विशेष साँस्कृतिक महत्व राख्ने यस्ता सम्पदाहरुलाई विश्व सम्पदा समितिको बैठक मार्फत सूचीबद्ध गर्दै आएको छ ।



