पोखरा, चैत्र ।
मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ४ चिप्लेढुंगाको आयोजनामा तिन दिने उद्यमशिल महिला क्रिष्टल तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित तालिमको समापन गर्दै सहकारी अभियान्ता एंव प्रदेश सांसद प्रभा कोईरालाले सहकारीहरुले तल्लो तहको गरिबि निवारण तथा समृद्धिका आधारहरु तय गरेको बताउनुभयो । महिलाहरुलाई सिपयुक्त बनाउन सके यसको प्रभाव थप बढ्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो ।
सहकारीद्धारा प्रकाशित २०७६ सालको क्यालेन्डर समेत विमोचन गरिएको उक्त कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष मिनराज काफ्लेले सामाजिक उत्तरदायित्व र सहकारीका सदस्यहरुको शसक्तिकरणमा समेत जोड दिनुभयो ।


करिब २५ जना सहभागीहरुले सहभागीता जनाएका उक्त तालिममा प्रशिक्षक मिना गुरुङले प्रशिक्षण प्रदान गर्नुभएको थियो । सहकारीका अध्यक्ष विष्णु प्रसाद सुवेदीको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानहरि आचार्य संचालन सहसचिव लेखनाथ पौडेलले गर्नुभएको थियो ।



