पोखरा, चैत्र ।
दशौँ राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ जारी छ । सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ जारी महोत्सव चैत बैशाख १ गते सम्म विष्णुपादुका खेल मैदानमा चल्ने छ । महोत्सवमा राष्ट्रिय कृषि दोहोरी गित प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट राखिएको मुल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काले जानकारी दिए । समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।


महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेको छ । महोत्सव प्रवेशका लागि रु. ८० को साधारण, रु.५० को विद्यार्थी सहुलियत तथा तिन सयमा महोत्सव अवधिभर स्थानिय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रचार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए । महोत्सवमा २८ बटा कृषि स्टल, ९५ वटा ब्यापारिक स्टल, १० वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, १, प्राथमिक उपचार, १ सुचना स्टल रहेका संयोजक खड्काले जानकारी दिएका छन् ।



