पोखरा, ०८ चैत्र ।
खानेपाली संस्थान पोखरा शाखाका प्राविधिक अधिकृत दिनेश्वर प्रसाद यादवका अनुसार पोखरामा बसोवास गर्ने लाखौ मानिसहरुका लागी करोडौ लिटर पानीको आवाश्यकता पर्दछ । तर, मागको तुलनमा आपुर्तिको अवस्था अझै कमजोर देखिन्छ ।

यो बुझ्नुहोस् कि पोखरेलीहरुले अझै पनि चाहिए जति पानी उपभोग गर्न पाईरहेका छैनन् । तर, अधिकारीहरुले भने पोखरालाई प्रर्याप्त र शुद्ध पानी खुवाउने आफुहरुको प्रयास जारी नै रहेको दावी गरिरहेका छन् ।
एका तर्फ मानविय अतिक्रमण तथा प्राकृतिक विपत्तिका कारण पानीका स्रोतहरु सुक्दै छन् भने अर्को तर्फ वढ्दो शहरीकरणले यसको माग थप बढ्दै गएको छ । यस्तै विश्वब्यापी रुपमा वढ्दो तापक्रम तथा जलवायु परिवर्तनको असरले गर्दा पग्लिएका हिमाल अनि वढ्दो समुन्द्री सतहले पानी प्रतिको मानव संवेदनशीलताको माग गरेको देखिन्छ ।
यसर्थ आगामी पुस्तालाई पानीको किफायती प्रयोग, महत्व अनि संरक्षणका पाठहरु सिकाउन जरुरी छ । पानीको चुहावट रोक्नु, असंरक्षीत सिमसारहरुको सुरक्षा गर्नु, बृक्षारोपण र भुसंरक्षण गर्नु जरुरी महत्वका मानविय कर्तब्यहरु हुन् । दुनिँयामा सुन्दर शहरको परिचय कमाएको पोखराले पनि पिउदैन् रहेछ, स्वच्छ मुलको पानी । यादव भन्छन् ।
२१ सौँ शताब्दीको संघारसम्म आईपुग्दा पनि शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठूलो चुनौती नै रहेको छ । संसारको दोश्रो जलश्रोतको धनी देशका रुपमा चिनिने नेपालका कयौन स्थानहरुमा अझैपनि खानेपानीको चरम अभाव कायमै छ । जानकारवालाहरु भन्छन्, दुनियाँ लड्नु परे अव केवल पानीका लागी लड्ने छ ।




