पोखरा, ०५ चैत्र ।
‘नेपालमा भारत महोत्सव’ अन्तर्गत अन्तराष्ट्रिय संस्कृत सम्मेलन मंगलबारबाट काठमाडौमा सुरु भएको छ ।
नेपालस्थीत भारतीय दुतावास र भारतीय संस्कृत मन्त्रालयद्वारा आयोजित गोष्टिमा नेपाल भारतका सस्कृतबिज्ञहरुको सहभागीता छ । दुई दिनसम्म चल्ने संस्कृत सम्मेलनमा संस्कृत ः नेपाल र भारतको सर्वशिष्ट सम्पती बिषयमा छलफल हुने बताइएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल र भारतबिचको सम्बन्धमा संस्कृत क्षेत्रको महत्वपूर्ण स्थान गरेको धारणा राख्नुभयो । त्यस्तै सम्मेलनले नेपाल र भारतको इतिहासका बारेमा जानकारी गराउनका लागी पनि महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले नेपालमा संस्कृत सम्मेलन गर्न पाउनु सौभाग्य भएको बताउनुभयो । उहाले आजको आधुनिक समाजमा संस्कृत भाषा र साहित्यलाई व्याप्त बनाउन सम्मेलनले भूमिका खेल्ने पनि बताउनुभयो ।
कार्यक्रममा सस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको थियो । नेपाल र भारतबीचका समानतालाई नेपालका नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको भारतीय दुतावासले जनाएको छ ।




