पोखरा, ०५ चैत्र ।
आन्तरीक कलहका कारण राष्ट्रिय राजनीतिमा शिथिल देखिएको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ ।
यही चैत्र २८ र २९ गते पोखरा सभागृहमा हुने उक्त सम्मेलनमा कांग्रेसका केन्द्रिय नेताहरुलाई एउटै मंचमा उभ्याएर पार्टीमा छन् भनिएका गुट तथा उपगुटहरु अन्त्यको घोषणा गरिने जिल्ला कोषाध्यक्षहरुको उद्घोष छ । सम्मेलनमा देशभरिका जिल्ला कोषाध्यक्षहरुको सहभागीता रहने छ ।


नेपाली राजनीतिमा निकै पुरानो मानिने र कुनै समय जनताको अथाह विश्वास कमाएको पुरानो पार्टी नेपाली कांग्रेस पछिल्लो समय अनुमान गरिए जस्तो मजबुत छैन् । यसका पछाडी आन्तरीक कहल प्रमुख कारक हो भन्नेमा काग्रेसका नेता तथा कार्यकर्ताहरु पुर्णत विश्वस्त छन् । तर, का्रगेसलाई धमिराले जसरी भित्रभित्रै कमजोर बनाउने गुट तथा नेता निकटका झुण्डहरु अन्त्यको घोषणा कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन मार्फत गरिने उनिहरुले विश्वास लिएका छन् ।
यसका अलवा उनिहरुले राष्ट्रिय सम्मेलन मार्फत विदेश पलायन भएका युवाहरुलाई स्वदेसमा नै रोजगारको व्यवस्था गर्न पार्टी मार्फत सरकारलाई दावव दिने, महंगी हत्या हिंसा बलात्कार, भ्रष्ट्राचार, लगायतको मुद्धालाई अघि बढाई सरकारका विरुद्ध विरोधका कार्यक्रमहरु संचालन गर्न पार्टी केन्द्रसंग निर्देशन माग गर्ने र पोखरा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका सम्बन्धमा समेत आवाश्यक छलफल गर्नेछन् ।
प्रजातन्त्रमा विश्वास गर्ने नेपाली कांग्रेस समयानुकुल परिवर्तन हुन नसकेका प्रति कांग्रेस कै राजनीतिमा क्रियाशिल दोस्रो पुस्ताका नेताहरुको गुनासो छ । सरकारका पछिल्ला काम कार्वाहीहरुमा समेत कांग्रेस बलियो प्रतिपक्षको भुमिकामा स्पष्ट हुन नसक्नु उनिहरुले कमजोरी भनेका छन् ।
पोखरामा हुने उक्त सम्मेलन निकै प्रभावकारी हुने अनुमान कांगे्रसका एक थरि नेताहरुले गरेका छन् । तर, पार्टी भित्र निकै चिन्ताजनक रुपमा मौलाउदै गएको गुटिय राजनीतिले पार्टीलाई आन्तरीक रुपमा थप कमजोर बनाईरहेको उनिहरुको ठम्याई छ । तर, कतिपय राजनीतिक विस्लेषकहरुले भने नेपाली राजनीतिमा कांग्रेसको पुनरागमन हुन सक्ने आँकलन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार