पोखरा, पोखरा क्षेत्रिय अन्तर्राट्रिय विमानस्थलको करिब ३० प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ । पोखरा विमानस्थल निमार्णको हाल करिब ३० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनाकर्मीले बताए ।
उनका अनुसार असार मसान्त भित्र ३५ प्रतिशत निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिए पनि उक्त समय सिमा भित्र समयले साथ दिएमा ४० प्रतिशत निमार्ण कार्य सम्पन्न गर्न सकिन्छ । विमानस्थलको निमार्ण कार्य सुरु भएको करिब १५ महिनामा एप्रोन पुरा भएको उनले बताए । त्यसै गरी उक्त परियोजनामा १४ वटा भवन निमार्ण हुने भए पनि हालसम्म ५ वटा भवन निमार्ण सम्पन्न भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । उनका अनुसार ह्याङगर, वेष्ट ट्रान्सफर, सिवेज स्टेशन, सेन्ट्रल वस स्टेशन र स्पेशल भिएकल ग्यारेज निमार्ण भएका हुन्। अन्य भवन निमार्णको क्रम जारी रहेको बताए ।


विमानस्थलमा माटो कटान तर्फ ७० प्रतिशत, रन वे मिलाउने काम ७० प्रतिशत सकिएको उनले बताए । रन वेको काम अब करिब एक महिना भित्र सकिने भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । सन् २०१९ भित्रमा उक्त परियोजानको ६० प्रतिशत काम सक्ने गरी हाल दैनिक ४ सय ५० जनाले काम गर्दै आएको आयोजनका प्रमुख मुनाकर्मीले बताए । उक्त परियोजनामा काम गर्ने अधिकाशं चाईनिजहरु रहेकाछन्। २५ देखि ३० प्रतिशत बाँकी काम भने अन्तिम ६ महिना भित्र हुने भएको उनले बताए । सन् २०२० मा मात्र ४० प्रतिशत काम बाँकी रहने भएको आयोजनका प्रमुख मुनाकर्मीको भनाई छ ।
जग्गाको बिषयमा अझै पनि ५ प्रतिशत मुआब्जा लिन नआएको उनले बताए । ९५ प्रतिशत जग्गा अधिग्रहण गर्ने काम सकिएको आयोजना प्रमुख मुनाकर्मीले बताए । केही विदेश भएको त केहिले मुआब्जा नै लिन नआएकोले गर्दा केहीको मुआब्जा बाँकी रहेको उनले जनाए । रनवेको छेउ छाउमा भने माटो भर्ने काम भईरहेको उनले जनाए । २ हजार ५ सय रनवे हुने भएको हो ।

जहाज वे देखाउनको लागि दक्षिण तर्फ ६० रोपनी जग्गा आवश्यक भएको आयोजनका प्रमुख मुनाकर्मीले बताए । दृर्घकालिन सोचका आधारमा अन्तर्राट्रिय स्तरकै विमानस्थल निमार्णको लागि ह्याङगर सहितको संरचनाको लागि केही जग्गा आवश्यक हुने उनको भनाइ छ । ईन्दन डिपोको लागि थप ३० रोपनी जग्गा आवश्यक भएको उनले बताए । रिठ्ठेपानीको डाँडा कटानको समेत तयारी भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । स्थानिय सरोकार निकायसंग समन्वय गरी २४ मिटर डाँडा कटान गनिने भएको उनले जनाए । विमान उडानमा असर गर्ने भएकोले उक्त डाँडा कटान हुने भएको हो ।
पोखरा विमानस्थलको रिङरोडको लागि १० किलोमिटर सडक निमार्ण गर्ने बताए । हाल ट्रयाक निमार्ण गरेकोले आगामी एक बर्ष भित्र रिङरोड बनाउने उनले जनाए । कुनै बादा अड्चन नआएको खण्ठमा आफुहरुले निर्धारित समयमै निमार्ण गर्ने उनको भनाइ छ । विमानस्थलको पानीलाई व्यबस्थापनको लागि अस्थायी ड्रेनबाटै व्यबस्थापन गर्ने आयोजनका प्रमुख मुनाकर्मीले बताए । क्षति न्यूनिकरणको लागि ठाँउ ठाँउमा क्रस ड्रेन निमार्ण गरेको उनको भनाई थियो ।
पोखरा विमानस्थल करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चाईनिज कम्पनीले हाल निमार्ण कार्यलाई तिव्र पारेको छ ।पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निमार्ण सुरु भएको हो । अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भएसंगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निमार्ण कार्य सुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० बर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ बर्ष भने (ग्रोस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ बर्षसम्म ६/६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।
चाईनिज सि.ए.एम.सी. कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले नेपाल सरकारले तोकेको समय सिमा भन्दा २÷४ महिना अघि उक्त योजना सक्ने गरी निमार्ण कार्य तिव्र पारिएको दाबी गरे । सवै तहका सरकार, स्थानिय र सरोकारवाला निकायको यसै गरी साथ र सहयोग पाएको खण्डमा आफुहरुले सन् २०२० भित्रै उक्त परियोजना सक्ने योजना रहेको उनले बताए ।
२०७२ वैशाख एक गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विमानस्थलको शिलन्यास गरेसंगै एक बर्ष ऋण सम्झौता गर्न प्राबिधिक कारणले गर्दा ढिलाई भए पनि अन्ततः २०७४ साल देखि पोखरा विमानस्थलको निमार्ण कार्यले गति लिएको हो ।



