स्याङ्जा, ०२ चैत्र ।
मानवअधिकार निगरानी समुह फेदिखोला गाउँपालिकाको आयोजनामा स्यांङ्जा स्थित फेदिखोला गाउँपालिकामा शिक्षक अभिावक र विधार्थीहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ ।
स्थानिय समुदायको शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरुलाई उत्तरदायि बनाउन पहल कार्यक्रम अन्तरगत फेदिखोला स्थित सिद्धार्थ माध्यमिक बिधालयको सभाहलमा भएको कार्यक्रममा बोल्दै फेदिखोला गाउँपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख भगवान ढकालले बिधालयमा शैक्षिक गुणस्तरीयता बढाउनका लागी कार्यक्रमहरु ल्याइएको बताए ।
उनले अन्तरक्रियाहरुबाट आएका सुझावहरुलाई आगामी बर्षको निति तथा योजना समेट्ने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थ मावि विधालय व्यबस्थापन समितिका अध्यक्ष चित्र बहादुर कार्कीले स्थानिय तह आएपनि सोचे अनुरुपको काम हुन नसकेको गुनासो गरे ।

दामगाडे माविका प्रधानाध्यापक दिवाकर सुवेदी प्राविधिक शिक्षा अवको आवश्यकता रहेकाले त्यसतर्फ गाउँपालिकाको ध्यान जानु पर्ने बताए ।
उनले प्रकृया लामो संगै विधालयसंग आवश्यक बजेट नहुँदा सुविधायुक्त शौचालय बनाउन नसिकएको गुनासो गरे ।
मानवअधिकार निगरानी समुहका सदस्य रामजी प्रसाद पौडेलले विधार्थीहरुले अध्ययन गरिरहेको पाठ्यक्रमलाई सुधार गर्नु पर्ने धारणा राखे ।
‘नेपालमा सन् २००५ मा प्रतिबन्ध लगाइएको विषादीलाई अहिले पनि विधार्थीहरुले प्रयोग गरिने विषादी भनेर पढिरहेका छन्’,उनले भने ‘थुप्रै विषयहरुका पाठ्क्रममा त्रुटि रहेको छ । त्यसलाई कसरी सच्याउने भन्ने तर्फ सबैको ध्यान जानुपर्दछ’ ।
सिदार्थ माबिका प्रधानाध्यापक मनोज कुमार शर्माले विधालयमा आवश्यक दरवन्दी शिक्षक नहुँदा समस्या परेको बताए ।
विधालयमा संचालनमा रहेको क्यान्टिनलाई बिस्तारै सुधार गर्दै जंक फुडलाई रोक्ने प्रयास गरिने उनको भनाई थियो ।
मानवअधिकार निगरानी समुहका अध्यक्ष लेखनाथ पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा इन्सेक गण्डकी प्रदेश कार्यलय कार्यक्रम अधिकृत सवनम शर्माले उद्धेश्य माथि प्रकाश पारेकी थिइन् ।




