लायन्स क्लव अफ पोखरा पिस चौतारी, पिस होम सप्त गण्डकी, पिस देउराली र लियो क्लब अफ पिस चौतारीको संयुक्त आयोजनामा शनिबार पोखराको चिप्लुढु·ामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भयो ।


‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रमको अध्यक्ष्ता लायन्स क्लव अफ पोखरा पिस चौतारी अध्यक्ष डा. भवानी शंकर पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुथ अतिथि पि.एम.सि.सि. लायन दिप श्रेष्ठ थिए भने विशेष अतिथिहरु लायन विनोद ढु·ाना, लायन दुर्गा प्रसाद हुमागाई, रिजन चियर पर्सन लायन डोलराज पोख्रेल, जोन चियर पर्सन लायन पवित्र राज तिवारी, चिनु गुरुङ हुनुहुन्थ्यो । उक्त कार्यक्रममा लायन सविता रंजित, लक्ष्मी के.सी. धु्रवमणि लामिछाने, डोलराज पोख्रेल र दिपक श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा ३८ जनाले रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।
उक्त कार्यक्रमको संयोजक लायन प्रेम दहालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पिस चौतारीका सचिव विनायक रंजितले गुर्नभएको थियो ।



