पोखरा, ३० फाल्गुन ।
बन्दको विरोध गर्दै विवेकशिल साझा पार्टीका कार्यकर्ताहरुले पोखरामा प्रदर्शन गरेका छन् । उनिहरुले नेपाल बन्द होईन खुल्ला छ भनेका छन् ।

यस्तै बन्दले देश बन्दैन्, बन्दको समाधान सौचौँ समेत भनेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा जारी बन्दका कारण पोखरा लगायत देशभरको जनजिवन पुर्ण रुपमा प्रभावित भएको छ ।


बन्दकर्ताहरुले राज्यले आफ्ना नेता कार्यकर्ताहरुमाथी गरेको दमनका विरुद्ध जस्तो सुकै कदम चाल्न तयार रहेको समेत चेतावनी दिएका छन् ।



