पोखरा, ३० फागुण ।
पोखरा महानगरपालिका वडा नं. १६ अर्मलास्थित अन्नपूर्ण माविमा नयाँ व्यवस्थापन समिति चयन गरिएको छ ।
विद्यालयमा वुधबार सम्पन्न अभिभावकहरूको भेलाले गोलमान वि.क., शर्मिला वि.क.र सञ्जु वि.क. सदस्यमा चयन गरेको हो । चयन भएका सदस्यहरूबाट अध्यक्ष चुनिनेछ । त्यसैगरी भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा ओमकुमार गुरुङलाई सर्वसम्मत चयन गरेको विद्यालयका शिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।


भेलालाई सम्बोधन गर्दै पोखरा महामनगरपालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले वडाका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विशेष कार्ययोजना बनाउने बताए । उनले सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका छोराछोरीले नीजि विद्यालयमा पढाउने गरेको र त्यसको नियन्त्रणका लागि सरकारले अख्तियार गरेको नीति जोडदार रुपमा कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विद्यालय निरीक्षक बुद्धिसागर घिमिरे, विद्यालयका प्रधानाध्यापक माधवप्रसाद आचार्य, शिक्षक भीम सुवेदी लगायतका विद्यालयको शैक्षिक उन्नयनका लागि वातावरणमैत्री शिक्षण हुनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार