पोखरा, २९ फागुन ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गाउँपालिकाको बजेट हिनाविना गर्न नदिने बताएका छन् । गाउँपालिकाको पाँचौ गाउँसभालाई बुधवार सम्बोधन गर्दै अध्यक्ष कुँवरले त्यसप्रति सरोकारवाला सचेत रहन सुझाव दिए । उनले उपभोक्ता समिति तथा इञ्जिनियर तर्फ संकेत गर्दै आर्थिक प्रलोभनमा नफस्न आग्रह पनि गरे ।काम प्राविधिक ईस्टिमेट अनुसार भएको छ की छैन, त्यसको गाउँपालिकाले सुक्ष्म अनुगमन गर्दछ, सबै सरोकारवाला होसियार रहनुुहोला भन्दै उनले अनियमितता भएको पाइए गाउँपालिकाले त्यसै नछाड्ने कुँवरले चेतावनी दिएका छन ।
गाउँपालिका उपाध्यक्ष संगुन गुरुङले आफ्नो जिम्मेवारी धेरै भएपनि स्रोत साधनको अभावका बीचबाट कार्य गर्नुपर्दा अपेक्षित कार्य गर्न नसकेको जनाइन्।उनले लक्षित वर्गमा छुटिएको बजेटको सहि परिचालन गर्नुपर्ने भन्दै आफुले गाउँपालिकामा उपाध्यक्षको भुमिका कम भएको महशुस गरेको भनाई राखिन्।

वडा नं.११ का कार्यवहाक अध्यक्ष इन्द्रमणि जैंसीले हिमपातका कारण अन्नपूर्ण पदमार्गमा भएको क्षेती प्रति गाउँसभाको ध्यानाकर्षण गराए ।उनले आफ्नो वडामा चरा अनुसन्धान केन्द्र बनाउन सुझाव पनि दिएका छन् ।वडा नं.२ का सदस्य मुक्तिराम अधिकारीले स्थानीय युवा पुस्तालाई रोजगारी सिर्जना गरी गाउँपालिका भित्रै बस्ने वातावरण बनाउन गाउँपालिका स्पष्ट्र योजनाका साथ लाग्नुपर्ने भनाई राखे । वडा नं.५ का सदस्य सहबहादुर विकले कोदो महोत्सव तथा प्रविण गुरुङ स्मृतिको कार्यक्रममा गाउँपालिकाले जानकारी नदिएको भन्दै गुनासो पोखे । वडा नं.१० की सदस्य मिनाकुमारी रानाले गाउँपालिकाको बजेटले आमा समूहलाई पनि समेट्नुपर्ने जनाइन् ।वडा नं.३ की सदस्य कमला केसीले गाउँपालिकाका गतिविधि थाहा पाउने अधिकारबाट स्वयम् वडा सदस्यहरु नै बञ्चित हुनुपर्ने अवस्था आएको जनाउँदै दुख प्रकट गरिन् ।उनले महिला बजेट बढाउन गाउँपालिकालाई सुझाव पनि दिइन् ।

कार्यक्रमका बीच प्रविण गुरुङ स्मृति दोहोरी गीत प्रतियोगितामा सहयोग गरेको भन्दै वडा नं. ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, कार्यपालिका सदस्य लक्ष्मी देवकोटा, बाध्यवाधक नविन गुरुङ, कलाकारद्वय जीवन दाहाल र सुरेन्द्र गुरुङलाई सम्मान गरिएको थियो । त्यसैगरी कोदो महोत्सवका योगदान गरेकामा ४ का वडाध्यक्ष भरतबहादुर केसी, भदौरे आमा समूहकी अध्यक्ष हितमाया गुरुङ, भदौरे युवा क्लवका अध्यक्ष जीवन गुरुङ तथा वडागत रुपमा ३ जनाका दरले कुल ३३ किसानलाई पुरस्कृत गरिएको थियो। त्यस्तै पत्रकारिता क्षेत्रमार्फत सहयोग गरेकोमा बासुदेव पौडेल, टंकराज अधिकारी, दिपक परियार र श्रीभद्र पौडेलाई पनि सम्मान गरिएको थियो ।

सभाले विपद् व्यवस्थापन कोष संचालन कार्यविधि–२०७५ तथा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐन–२०७५ संशोधन सहित पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार